आँखा अस्पतालबाट बचेको समय ड्रागन फ्रुट खेतीमा | Khabarhub Khabarhub

आँखा अस्पतालबाट बचेको समय ड्रागन फ्रुट खेतीमा


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ का प्रतीक पाण्डे ड्रागन फल (फ्रुट) को खेतीमा रमाइरहेका छन् । भैरहवास्थित लुम्बिनी रण अम्बिका शाह आँखा अस्पतालमा सूचना अधिकारीको रूपमा कार्यरत पाण्डे कार्यालय अघि-पछि र बिदाको दिन ड्रागन खेतीमै व्यस्त हुन्छन् । उनले अतिरिक्त आम्दानीको स्रोत ड्रागन खेतीलाई बनाएका छन् ।

पाण्डेले एक कठ्ठा जग्गामा ड्रागन खेती गरिरहेका छन् । तीन वर्षदेखि उक्त फलको खेती गर्दै आएका हुन् । एक सयवटा बोट लगाएका पाण्डेले एउटा बोटमा ३० वटासम्म फल फलाएका छन् ।

घरमा भएको ड्रागन फलको खेतीबाट उत्पादित ड्रागन स्थानीय बजारमा प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री हुने गरेको र बिक्रीका लागि कुनै समस्या नभएको उनले बताए । बजारमा यसको अत्यधिक माग छ । ड्रागन फलको बिरुवासमेत बनाएर रोप्न चाहने अरूलाई बिक्री गर्ने गरेको उनले बताए । स्थानीय नर्सरीमा ड्रागन फलको बिरुवा प्रतिगोटा दुई सयदेखि दुई सय ५० रुपैयाँसम्म पर्छ । ड्रागन फलको खेती गरेपछि खाली जमिनको समेत सदुपयोग भएको उनको भनाइ छ ।

यो फल वैशाखदेखि फल्न सुरु हुने उनले बताए । ‘वैशाखदेखि मंसिरसम्म फल्ने क्रम चलिरहन्छ, फल फलेको ३० दिनमा खान लायक हुन्छ,’ उनले भने । होटेलमा आउने ग्राहकले यो फल अझ बढी रुचाएको आफूले जानकारी पाएको पाण्डेको भनाइ छ ।

‘लुम्बिनी रण अम्बिका शाह आँखा अस्पतालमा कार्यरत डा. सल्मा केसीले तीन वर्षअघि ड्रागन फल ल्याउनुभएको थियो, फल खाएपछि मन पर्‍याे, उहाँसगै एउटा विरुवा ल्याएर रोपे, त्यसपछि ड्रागन फलको खेतीप्रति रुचि बढ्दै गयो ।’

ड्रागन फलको गुण भनेको एक पटक स्वाद लिइसकेपछि पटक पटक खान मन पराउने किसिमको भएको उनले बताए । खानलाई सजिलो हुने भएकाले यसको खेती, बजार सम्भावना राम्रो देखिएको पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  १२ : ३१ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको