कर्मचारीले संघबाट आएको भन्दैमा ठूला कुरा नगरौँ : मुख्यमन्त्री शाही  « Khabarhub

कर्मचारीले संघबाट आएको भन्दैमा ठूला कुरा नगरौँ : मुख्यमन्त्री शाही 


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अधिकांश जिल्लाका प्रमुखहरू व्यक्तिगत काममा लागेका कारण कार्यालयमा नभएको जानकारी आएको बताएका छन् । २ साउनमा नयाँ योजनाको अख्तियारी पठाइसकेकोले योजना कार्यान्वयन नगरी व्यक्तिगत काममा कर्मचारी खटिएको भन्दै तत्काल विषयगत मन्त्रालयले ताकेता गर्न निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले भने, ‘यसरी हाम्रो प्रदेशको काम कसरी हुन्छ ? अबको चार महिनाभित्र परिणाम निकाल्ने गरी काम गर्न मैले तपाईंहरूलाई भनेको छु, किन मेरो कुरा सुन्नुहुन्न ? राजनीतिक नेतृत्व र कर्मचारीको समन्वय र सहकार्यबाट नै प्रदेशको विकास हुने हो ? काम गर्नेलाई थोरै समय भए पनि धेरै काम गर्छ तर काम नगर्नेलाई जति समय भए पनि केही नगर्ने हुँदो रहेछ । ’ पैसा बुझाएर योजना पारेको भन्ने गुनासो समेत आफूसँग आएको मुख्यमन्त्री शाहीले बताए । यस्ता गलत कार्यतर्फ नलाग्न कर्मचारी र मन्त्रीहरूलाई  निर्देशन दिए ।

कर्णाली प्रदेश सरकारको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले कानूनभन्दा माथि कोही नभएकाले नहुने कामतर्फ नलाग्न चेतावनी दिए । सबैभन्दा बढी कर्मचारीले मन्त्री र सचिवको नाम बिक्री गरेर पैसा असुलेको सूचना मुख्यमन्त्री कार्यालयमा आएको र यस्ता धन्धातर्फ नलाग्न सचेत गराए ।

संघबाट आएको भन्दै ठूला कुरा नगर्न समेत कर्मचारीलाई सुझाव दिए । उनले मन्त्रालयहरूलाई बेरुजु रकम घटाउन समेत सुझाव दिए । कर्णालीका सबै जिल्ला हाम्रा हुन् भन्ने चेतनाको विकास गर्न समेत निर्देशन दिए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ५ : ५६ बजे

लुम्बिनीमा कांग्रेस इतर पक्षको भेला

काठमाडौं- नेपाली कांग्रेस इतर समुहको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा

सभामुख डीपी अर्यालद्वारा नागढुंगा सुरुङमार्गको निरीक्षण (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन्

‘ह्यासमेन्ट महसुस’ गरेको घटनामा प्रहरीले असहयोग गरेको नायिका उषाको गुनासो

काठमाडौं- संजोक कार्की नाम एक युवाले राति बारम्बार कल गरेको

ओलीको दाबी- सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको हो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र

चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (टीयू–आईओएम) अन्तर्गत एमबीबीएस