एमालेसँग कुनै हालतमा सहकार्य हुँदैन : अध्यक्ष नेपाल « Khabarhub

एमालेसँग कुनै हालतमा सहकार्य हुँदैन : अध्यक्ष नेपाल


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावमा उठेर विजयको दङ्गा बजाउने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष नेपालले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यसको सामना गरेर, चुनावमा उठेर विजयको दङ्गा बजाएर आउने बताएका हुन् । उनले राजनीति छाड्न खोजे पनि परिस्थितिले छाड्न नदिएको र केही वर्ष सक्रिय हुने जिकिर गरे ।

अध्यक्ष नेपालले आगामी चुनावको मिति घोषणा भइसकेको अवस्थामा गठबन्धन कायम रहँदैन की भन्ने आशंका नगर्न आग्रह गरे। गठबन्धन दलहरू मिलेर नै चुनावमा जाने घोषणा शुक्रबार गरिने उनले जानकारी दिए। उनले समाजवादीले गठबन्धनभित्रै तेस्रो मोर्चा पनि बनाउने जिकिर गरे। कांग्रेसलाई आफू ठूलो दल भएको दम्भ देखिएकाले तेस्रो मोर्चा आवश्यक रहेको उनले बताए । उनले अर्काको अस्तित्व नै स्वीकार नगर्ने एमालेसँग कुनै हालतमा सहकार्य नहुने पनि धारणा राखे।

कार्यक्रममा अध्यक्ष नेपालले डा. ढाकाराम सापकोटाद्वारा लिखित पुस्तक नेकपा एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म विमोचन गरेका थिए।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ६ : ५८ बजे

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

म्याग्दी– गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ

काठमाडौं– पछिल्लो समय अनेक विवादमा परेका गृहमन्त्री सुधन गुरुङको राजीनामा

पद्मकन्या स्ववियू सभापति भूपी भन्छिन्– सरकारविरुद्ध कानूनी बाटो रोज्छौँ

काठमाडौं- सरकारले विश्वविद्यालय तथा क्याम्पसहरूबाट राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन हटाउने

एम्नेस्टी इन्टरनेसनलको रिपोर्ट : नेपालमा शान्तिपूर्ण भेला स्वतन्त्रता संकुचित

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा नेपालमा शान्तिपूर्ण भेला हुन

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौं– देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर(लु) को