'जसपासँग समाजवादी केन्द्र बनाउने डिल भएको छैन' | Khabarhub Khabarhub

‘जसपासँग समाजवादी केन्द्र बनाउने डिल भएको छैन’



पछिल्लो समय सर्वोच्च अदालतमा भ्रष्ट्राचार मौलाएको विषय बाहिर आएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सर्वोच्च अदालतको भवन बनाउँदा झण्डै एक अर्ब नीतिगत भ्रष्ट्राचार गरेका कुराहरू पनि अहिले सतहमा आएका छन् । उनीमाथि एउटा महाअभियोगको प्रस्ताव संसदमा छ तर यो विषयमा राजनीतिक दलका नेताहरुले बोल्न सकेका छैनन्। जनता समाजवादी पार्टी फुटिसकेको छ । यो अवस्थामा डा. बाबुराम भट्टराईले आफ्नो पार्टी बनाउन अगाडि बढिरहँदा जनता समाजवादी पार्टीले के कस्तो काम गरिरहेको छ ? यस्तै विषयमा केन्द्रित भएर जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीसँग चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

सर्वोच्च अदालतको भवन निर्माणको क्रममा धेरै भ्रष्ट्राचार भएको कुरा बाहिर आएको छ तर कुनै पनि राजनीतिक दलहरू यो विषयमा बोलेका छैनन्, यसले तपाईँहरूलाई लज्जास्पद बनाएन ?
भ्रष्ट्राचार भन्नेबित्तिकै आम जनतालाई लज्जित बनाउने विषय हो र यस्तो विषयको गम्भीरतापूर्वक छानबिन गर्दै हामीले भ्रष्ट्राचार नियन्त्रण गर्नका लागि संसदप्रति उत्तरदायी हुने गरी लोकपालको गठन गर्नुपर्छ भनेर मुद्दा उठायौँ । अहिले भइरहेको संरचनाले भ्रष्ट्राचार गर्न सम्भव भएन र यसलाई पुनर्संरचना गर्नुपर्छ भनेर लागिपरेका छौँ । त्यसैले यो देशमा सुशासन र सदाचार कायम गर्नका लागि भइरहेको संरचनालाई परिवर्तन गरेर नयाँ संरचना निर्माण गर्नुपर्ने देखिन्छ । महाअभियोगको कुरामा अघिल्लोपटक पनि गठबन्धनमा कुनै छलफल नै नगरी दुई दलले मात्र महाअभियोग लगाएका थिए । त्यसैले औपचारिक रूपमा यसबारेमा कुनै छलफल नै भएको रहेनछ ।

भ्रष्ट्राचारीलाई संरक्षण गर्ने प्रक्रिया बढेकोजस्तो कुनै दलहरू योबारे बोल्नुहुन्न, तपाईँहरूले यो विषयमा घचघच्याउनु हुन्न ? सर्वोच्च अदालतमा नै भ्रष्ट्राचार भयो भने कसलाई विश्वास गर्ने ?
हामीले आफ्नो भूमिकाभन्दा बाहिर जानु हुँदैन । पार्टीभित्र र संसदमा पनि यी कुराहरू उठेका छन् । यसमा हाम्रो पार्टीले पनि आफ्ना धारणाहरू सार्वजनिक गरेको छ । अहिले पनि गठबन्धनमा धेरै छलफल भएको जस्तो देखिँदैन । त्यसैले गठबन्धनमा छलफल नभएसम्म सामूहिक धारणा आउँदैन । पार्टीभित्र हामीले यसको लागि लोकपाल बनाएका छौँ ।

नेताहरूको चरित्र नै खराब भएको हो त ?
छानबिन गर्न बनेको समिति र सांसदले संविधानमा व्यवस्था गरेर बन्ने लोकपालमा फरक हुन्छ । लोकपाल बन्यो भने अहिले भएको गतिविधिहरू फरक किसिमको छानबिन र कारवाहीको सम्मको अधिकार दियो भने केही फरक हुन्छ ।

तपाईँहरूको पार्टी छिन्नभिन्न हुँदैछ, शक्ति कमजोर हुँदैछ । यो अवस्थामा यो लोकपालको परिकल्पना साँच्चै परिकल्पना नै हुने त हैन ?
राजनीति भनेको लामो प्रक्रिया हो । हामीले शक्ति परिवर्तन गर्दै, समय अनुकूल संविधानमा संशोधन गर्दै ,जनताका लक्ष्यहरूलाई परिवर्तन गर्दै र अहिले भइरहेको राजनीतिक परिवर्तनको प्रक्रियालाई संस्थागत गर्दै सामाजिक र आर्थिक रूपान्तरणको जग बसाल्ने गरी पार्टी एकीकरण हुँदै वैकल्पिक शक्ति निर्माणको प्रक्रियामा अगाडि बढेको हो । त्यसमा हिमाल, पहाड र तराई जोडेर वैकल्पिक शक्ति बनाउने भाष्य डाक्टर बाबुराम भट्टराईले पनि पोलिटिकल र इन्जिनियरिङको कन्सेप्ट पनि दिनुभयो । त्यो प्रकृयामा अगाडि बढ्दै जाँदा केही परिवर्तन आयो तर उहाँ अहिले अर्को पार्टीमा जानुभएको छ । तर पनि त्यो उहाँको विचार दृष्टिकोणलाई साथमा लाँदै अगाडि बढ्नुको औचित्य रहेन ।
त्यसैगरी हामी पनि त्यही आधारमा विचार, दृष्टिकोण सही छ । अहिलेको सन्दर्भमा समाजवाद नै सही छ भनेर सङ्घीय समाजवाद समाजलाई राजनीतिक लक्ष्य बनाएर जसपा निर्माण भएको हो । छोडेर जाने जानुभयो तर हामी त्यो दिशातर्फ नै अगाडि बढ्छौँ ।

एकाएक सङ्घीय परिषद्का अध्यक्ष र केन्द्रीय सदस्यहरू राखेर उहाँ अध्यक्ष र उहाँका केन्द्रीय सदस्यहरूलाई कारवाही ग¥यो र पार्टीमा बस्न नसक्ने अवस्था भयो भनिएको छ, उपेन्द्र यादवले कारवाही गर्नुपर्ने कारण के थियो ?
पार्टीमा भएपछि पार्टीको विधि विधानलाई पछ्याएर सहमतिमा जानुपर्छ । पार्टीहरू टुट्छन् तर त्यसलाई समाधान गरेर अगाडि बढ्नुपर्छ । हामी आफै पनि जुट्न आएका हौँ । पछिल्लो समयमा उहाँहरूले पार्टीको विधि विधानलाई बेवास्ता गर्नुभयो । काठमाडौँमा उहाँले केन्द्रीय समितिको विस्तारित बैठक भनेर बोलाउनुभयो । उहाँ संघीय परिषदको अध्यक्ष भएको हुनाले विधानले केन्द्रीय समितिको बैठक बोलाउने अधिकार दिँदैन । कार्यकारी समितिको अधिकार उपेन्द्र यादवको हो । उहाँको हैन ।

नेपाल समाजवादी पार्टी गठन गरेपछि निर्वाचन आयोगले पनि पत्र दियो यो बीचमा तपाईँहरूबीच केही छलफल भएको छ कि छैन?
बाटो अलग भयो भने हिँडे पनि संवाद भएको जस्तो लागेन । राजनीति हो । भविष्यमा त्यो सम्भव हुन सक्छ । राजनीतिक रूपमा तपाईँले भट्टराईसँग लामो समय सङ्गत गर्नुभएको छ, तपाईँको विचारमा उहाँको कमजोरी के हो? त्यसको आधारमा उहाँको भविष्य के कस्तो रहला ?
लगभग म उहाँसँग १५ वर्ष सङ्गत गरेँ । उहाँ आफूलाई जे लाग्छ त्यो नै सत्य हो भन्नुहुन्छ । सधै भरि त्यो गर्न सकिँदैन । उहाँको विचार, दृष्टिकोण राम्रो छ । चिन्तन गरिरहने मान्छे हो । उहाँ त्यसैबाट सम्मानित पनि हुनुहुन्छ । देशप्रतिको चिन्तन पनि छ उहाँमा । अहिले उहाँले छलफल नै नगरी यो निर्णय गर्नुभयो । त्यो गलत गर्नुभयो ।

जसपाले यो चुनाव आउँदै गर्दा समग्र मधेसलाई समेट्ने गरी कहीँ योजना गर्नुहुन्छ कि समाजवादी केन्द्रमा जानुहुन्छ कि नागरिकता विधेयक तपाईँहरूले चाहेको आएको छ अब सत्ता गठबन्धनसँग मिलेर जानुहुन्छ ? एउटा आधार बनाएर त्यसको आधारमा नै लाग्नुपर्छ । जस्तो मधेसलाई आधार बनाएर त्यसको हरेक मागहरू के हो त?

त्यो एजेन्डालाई ध्यानमा रोखेर जान्छौँ । गठबन्धन होला या के होला भन्दा पनि अहिले तत्काल रूपमा सत्ता भारी दलहरू बिचको कुराहरू सुनिन्छ यो भविष्यमा होला या नहोला । र त्यो बाहेक समाजवादी केन्द्र बनाउने कुरामा जसपासँग कसैले डिल गरेको जस्तो लाग्दैन । समाजवादी केन्द्र बन्ने कुरा यो कसको हो भनेर पनि हामीलाई कुनै अभ्यास भएको छैन । अहिले हामी हरेक प्रदेशमा पूर्ण गठन गर्दै प्रशिक्षणदेखि लिएर सङ्गठन बिस्तार गर्ने गतिविधिलाई अगाडि बढाइरहेका छौँ ।

मधेसवादी बूढा नेताहरूलाई हटाएर नयाँ युवा ल्याउनुपर्दछ भन्ने कुराहरू आएका छन् त्यसलाई के भन्नुहुन्छ ?
अब शीर्ष नेतृत्वलाई विदाइ गरेर नयाँ पुस्तामा पार्टी हस्तान्तरण गर्नुपर्छ । पार्टीमा हस्तान्तरण आवश्यक पनि छ । यो प्रक्रियाले मात्र देशलाई विकासको मोडमा लैजान्छ ।

त्यो कसरी गर्ने त केही व्यक्तिहरूलाई चुनावमा हराएर मात्र कायापलट हुने हो त ? 
समग्रमा पार्टी त पार्टी भित्रको संरचनाले चल्ने हो नि त । पार्टी भित्र पनि नयाँ पुस्ताको निर्णायक र नयाँ सस्ताहरू पुगेका छन् कि छैन । भन्ने कुराहरूमा भर पर्दछ । सबै अघिल्लो पुस्ताले देशमा एउटा क्रान्ति गरिसक्नुभएको छ । अब देशमा आर्थिक सामाजिक रूपान्तरणका लागि क्रान्ति आवश्यक छ । त्यो नयाँ पुस्ताले गर्नुहुन्छ तर त्यसका लागि अझै केही समय लाग्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : ३० बजे

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई सफाइ

काठमाडौं – भ्रष्टाचार अभियोग लागेका उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक

भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा ज्येष्ठ नागरिकले दुःख पाए : विद्या भट्टराई

काठमाडाैं  – सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य

बाढीका कारण एक सय २५ भन्दा बढी परिवार विस्थापित

सङ्खुवासभा – खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन

शिवपुरमा महिला लक्षित स्वास्थ्य शिविर सम्पन्न

दाङ – घोराही उपमहानगरपालिका ११ शिवपुरमा प्रजनन रुग्णता कार्यक्रमअन्तर्गत ‘भिआइए

टी–२० विश्वकप : नेदरल्याण्डसलाई बंगलादेशले दियो १६० रनको चुनौती

काठमाडौं – आईसिसी टी–२० विश्वकप अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई १६०