वर्षायामका कारण सर्पदंशको बिगबिगी « Khabarhub

वर्षायामका कारण सर्पदंशको बिगबिगी


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका जिल्लामा गर्मी र वर्षायामका कारण सर्पदंश बढेको छ । अधिकगर्मी र वर्षाको पानीले दुलोहरू पुरिएपछि विषालु सर्पहरू बाहिर निस्किने गरेकाले सर्पदंशको घटनाको वृद्धि भएको छ । प्रादेशिक अस्पताल जनकपुरमा औसत रुपमा दैनिक ६ जनाको दरले सर्पदंशका बिरामी उपचारको लागि आउने गरेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरका इमरजेन्सीमा कार्यरत चिकित्सक डा. मुकेश यादवका अनुसार सर्पदंशका बिरामी दैनिक ५ देखि ६ जनाको दरले उपचारको लागि आउने गरेका छन् । गत असार महिनामा १५० जना सर्पदंशका बिरामी उपचारको लागि आएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

तराई मधेशका जिल्लाहरूमा प्रत्येक वर्ष जेठदेखि असोजसम्म विषालु सर्पको बिगबिगी हुने गरेको र यी महिनाहरूमा सर्प दशंकका बिरामी बढी आउने गरेका डा. यादवले बताए । प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि आउने अधिकांश संर्पदंशका बिरामी निको भई घर फर्किने गरेको उल्लेख गर्दै डा.यादवले भने, ‘उपचारका लागि समयमै आउने अधिकांश बिरामी निको हुन्छ ।

तर, समयमा स्वास्थ्य उपचार नगराई धामी झाँक्रीकहाँ झारफुकको लागि जाने र बिरामीको अवस्था नाजुक भएपछि मात्रै आउने बिरामीलाई उपचार गर्न हामीलाई कठिनाइ हुन्छ ।’  गाउँघरमा अझै पनि विभिन्न अन्धविश्वासका कारण सर्पदंशका बिरामीलाई धामीझाँक्रीकहाँ लगिने गरेको घटनाहरू हुँदै आएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १२ : ३४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको