हास्य कलाकार घनश्यामले ल्याए ‘लुटतन्त्र’  « Khabarhub

हास्य कलाकार घनश्यामले ल्याए ‘लुटतन्त्र’ 


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  हास्य व्यंग्यको पर्व गाईजात्राको अवसर पारेर हास्य कलाकार घनश्याम गौतमले हास्य व्यंग्य गाईजात्रे झटारो ‘लुटतन्त्र’ बजारमा ल्याएका छन् । लुटतन्त्रमा समसामयिक राजनीतिक विषयवस्तुलाई र नेताहरूको अकर्मण्यता माथि तिखो व्यंग्य प्रहार गरिएको छ ।

‘डाँडाघरे साइली’ गीतलाई प्यारोडमा ढालिएको गीतमा कलाकार गौतमकै शब्द र स्वर रहेको छ भने कविता श्रेष्ठले गायनमा साथ दिएकी छिन् । कोचे युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारहरू सुभास गजुरेल, कमल मैनाली, दमन रूपाखेती, घनश्याम गौतम, सुरेश तिमल्सिना, प्रेम शर्मा पौडेल, सरिता राजोपाध्याय, गीता थापा, डम्बर घिमिरे, पशुपति दंगाल, विष्णु रोक्का, सविता खड्का, सानु घायल, सुरेन्द्र क्षेत्री, खगेन्द्र गुरागाईं, मनकुमार विश्वकर्मा, सुलभ श्रेष्ठ, राजु तिमल्सिना लगायत छन् ।

भिडियोमा केशव अधिकारी खत्रीको छायांकन, कोचे मल्टिमिडियाको निर्माण तथा अभियान साहित्य कलाकार समाजको सहनिर्माण छ । गीतमा संयोजकको कोरियोग्राफी, प्रेम शर्मा पौडेलको सम्पादन र घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ को लेखन र परिकल्पना छ । एउटा प्यारोडी, एउटा लाइभ दोहोरी समावेश गरिएको उक्त प्रस्तुतीमा भ्रष्टाचार,  महङ्गी, बेथिति र भ्रष्ट नेता मन्त्रिहरुको भन्डाफोर गरिएको छ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १ : ४६ बजे

विजय र सनिशाले सके ‘जिरो डिग्री’को सुटिङ, कहिले प्रदर्शन ?

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म

टस जितेर यूएईविरुद्ध फिल्डिङ गरिरहेको नेपालको कसिलो बलिङ

काठमाडौं- टस जितेर यूएईविरुद्ध फिल्डिङ गरिरहेको नेपालले कसिलो बलिङ गरिरहेको

कैलालीमा गहुँ उत्पादन वृद्धि, प्रतिहेक्टर ४.२ मेट्रिक टन

सुदूरपश्चिम– कैलाली जिल्लामा यस वर्ष पनि गहुँबालीको उत्पादकत्व प्रतिहेक्टर ४.२

डा. गंगोल : जसले नेपालमै पहिलो पटक टाउको खोलेर गरेका थिए सफल शल्यक्रिया

काठमाडौं- नेपालको चिकित्सा क्षेत्रका एक अग्रणी शल्यचिकित्सक प्रा.डा. दिनेशनाथ गंगोलको

प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन सभामुखलाई बुझाइयो

काठमाडौं– प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले सभामुख डोल प्रसाद (डीपी) अर्याललाई