विपद् व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न गृहमन्त्रीको निर्देशन « Khabarhub

विपद् व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न गृहमन्त्रीको निर्देशन


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले यस वर्ष सूचना तथा समन्वयका कारण मनसुनजन्य विपद्का घटनामा जनधनको क्षति न्यूनीकरण भएको बताएका छन् । उनले आगामी दिनमा पनि जनधन जोगाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न निर्देशन दिए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको अध्यक्षसमेत रहनुभएका गृहमन्त्री खाणले समितिको १४औँ बैठकमा भने, ‘पूर्वतयारीका कारण नोक्सानी घटेको छ, भविष्यमा पनि नागरिकको जीवन तथा भौतिक सम्पत्ति जोगाउन सबै निकाय परिचालन गर्नुपर्ने दायित्व रहेको छ ।’

मन्त्री खाणले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बाटो अवरुद्ध हुनेलगायत घटनामा सबै सरकारी तथा सुरक्षा निकाय एवं सरोकारवाला संस्थासँग एकीकृत रुपमा काम गर्न निर्देशन दिएको पनि जानकारी दिए ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङसहित विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

सुरक्षा अधिकारीहरूले उदयपुरको सप्तकोसी बाढीलगायत मनसुनजन्य विपद्का घटनाको सन्दर्भमा आफ्नो निकायले गरिरहेका कार्य तथा तयारीबारे जानकारी गराए । विश्व खाद्य कार्यक्रमका आपत्कालीन संयोजक रतीन्द्र खत्रीले मानवीय सहायता केन्द्रमा रहेको आपत्कालीन सामग्रीको मौज्दातको अवस्था, नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक रुद्र अधिकारीले सप्तकोसी बाढीबाट उदयपुरको वेलका नगरपालिकाका प्रभावितलाई उपलब्ध गराइएको राहतबारे जानकारी गराए ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १० : ३२ बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर

निर्वाचन आउन ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति