माओवादी अध्यक्ष प्रचण्ड जापान प्रस्थान « Khabarhub

माओवादी अध्यक्ष प्रचण्ड जापान प्रस्थान


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान प्रस्थान गरेका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान प्रस्थान गरेका हुन् ।

प्रचण्डसँगै प्रमुख स्वकीय सचिव गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरणसहित उनी जापान प्रस्थान गरेका छन् ।

प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री पम्फा भुसाल, नेताहरु वर्षमान पुन, शक्ति बस्नेत, ओम शर्मालगायतका नेताहरुले प्रचण्डलाई बिदाइ गरेका थिए ।

प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्ने कार्यक्रम छ । आइतबार प्रचण्डले हिरोसिमाको पनि भ्रमण गर्नेछन् ।

उनले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।जापान भ्रमण पुरा गरेर प्रचण्ड साउन २५ गते स्वदेश फिर्ता हुनेछन् ।

प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए। भारतीय जनता पार्टीको निमन्त्रणमा नयाँदिल्ली पुगेका प्रचण्डले राजनीतिक भेटघाट गरेका थिए।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १० : ४१ बजे

रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति

मस्को- रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण

सकंटबाट निकालेर सुशीलाले दिलाइन् लोकतन्त्र र देशलाई जित

काठमाडौं- गत भदौ २३ र २४ गते भएको युवा पुस्ताको

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र अटल

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व– रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत

हुम्लाको नाम्खा गाउँपालिकाको मतपेटिका ढुवानी हुँदै

सिमकोट– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीलगायत उच्च पहाडी मतदान केन्द्रको