लमजुङका किसानलाई बाँदर धपाउने बन्दुक वितरण « Khabarhub

लमजुङका किसानलाई बाँदर धपाउने बन्दुक वितरण


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको दोर्दी गाउँपालिकाले कृषकलाई बाँदर धपाउन बन्दुक वितरण गरेको छ। गाउँपालिकाका ९ वटै वडाका कृषकहरूलाई ८० प्रतिशत अनुदानमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो।

बाँदरले आतंक मच्चाएपछि किसानहरूले अधिकांश खेतीयोग्य जमिन बाँझो छाडेका छन्। टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन्। बाँदर धपाउने बन्दुक वितरणले राहत महशुस भएको दोर्दीका किसान राम बहादुर थापा बताउँछन् ।

राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिबन्दुक दुई हजार सात सयमा खरिद गरेर कृषकलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनले भने ‘बाँदरले बालीनाली खाएर कृषकले नोक्सानी बेहोर्नु परेपछि बन्दुक उपलब्ध गराएका हौँ ।’

‘बाँदर धपाउन सजिलो होस भनेर पहिलो चरणमा १ सय २६ बन्दुक बाँडेका छौँ’, अध्यक्ष अधिकारीले भने, ‘यसको उपयोगिता राम्रो देखियो भने, पछि अरू पनि वितरण गर्ने गाउँपालिकाको योजना छ ।’

वडामा १४/१४ वटाका दरले १ सय २६ थान बन्दुक वितरण गरिएको छ।  अन्न, तरकारी, फलफूललगायत बालीनाली बाँदरले सखाप पारेपछि दोर्दीका किसान चिन्तित थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १२ : ५५ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान