‘गठबन्धन सरकार कायमै रहे मूलक श्रीलंकाको बाटोमा जान्छ’ « Khabarhub

‘गठबन्धन सरकार कायमै रहे मूलक श्रीलंकाको बाटोमा जान्छ’


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक वर्ष कायम रहे मूलक श्रीलंकाको बाटोमा जाने बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पोखरेलले सरकार अहिलेको अवस्थामा अघि बढे अर्को एक वर्ष विदेशी मुद्राको सञ्चिती शून्य अवस्थामा पुग्ने र मूलक श्रीलंकाको बाटोमा जाने बताएका हुन् ।

मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको र जनताको जीवन सहज बनाउने काममा सरकार पूर्ण रुपमा असफल भएको उनले बताए । यो सरकारको नेतृत्वमा मुलुकको अर्थतन्त्रको विकास सम्भव नरहेको उनले भनाई छ । महासचिव पोखरेलले गठबन्धन मिलेर र एमाले एक्लै स्थानीय तहको चुनाव लड्दा पनि एमालेलाई जनताले अधिक साथ दिएको जिकिर गरे । उनले सत्ताको विरोध र भण्डाफोरलाई तीव्र बनाए आगामी निर्वाचनमा एमालेका पक्षमा अधिकतम जनाधार निर्माण हुने दाबी गरे ।

पोखरेलले समाजलाई बाटो देखाउने सामर्थ्यलाई परिचालन गरेर पार्टीका पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिए । 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ५ : १४ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध