राष्ट्रिय स्क्वासको उपाधि अरहन्त र कृष्णालाई  « Khabarhub

राष्ट्रिय स्क्वासको उपाधि अरहन्त र कृष्णालाई 


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरहन्त केशर सिंहले शनिबार दोस्रो वरीयताका अमृत थापा मगरलाई सोझो सेटमा हराउँदै चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष एकल प्रतियोगिताको उपाधि रक्षा गरेका छन् ।  

नेपाल स्क्वास र्याकेट्स संघको सातदोबाटोस्थिति स्क्वास हलको सेन्टर कोर्टमा भएको फाइनलमा शीर्ष वरीयताका अरहन्तले अमृतलाई ११–४, ११–७, ११–६ हराए । सिंहले ट्रफीसँगै २५ हजार रुपैयाँ प्राप्त गरे । उपविजेता अमृतले १५ हजार रुपैयाँ प्राप्त गर्दा सेमिफाइनलसम्मको यात्रा तय गरेका अमिर ब्लोन र दीपक थापाले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

महिला एकलमा कृष्णा थापामगर विना ब्लोनलाई ११–७, ११–७ ११–७ ले निराश पार्दै च्याम्पियन भइन् । विजेता कृष्णाले ट्रफीसहित १८ हजार हजार रुपैयाँ प्राप्त गरिन् भने उपविजेता विपनाले ११ हजार रुपैयाँ प्राप्त गरिन् ।

यसैगरी, ब्वाइज जुनियरमा विकास मगर, भेट्रान्स (५० वर्षमाथि) मा सुदीपबहादुर सिंह र पुरुष प्लेटतर्फ प्रयाग जोशी च्याम्पियन भए ।

विजेतालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र  नेपाल स्क्वास तथा र्याकेट्स संघका अध्यक्ष किशोर महर्जनले पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ५ : ४८ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान