‘हरियो वन नेपालको धन हो, सरकारी जमिन हडप्न दिने छैन’ « Khabarhub

‘हरियो वन नेपालको धन हो, सरकारी जमिन हडप्न दिने छैन’


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि अतिक्रमण हुन नदिने बताएका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा निर्मित सशस्त्र वनरक्षक ब्यारेक भवनको आज उद्घाटन गर्दै उनले आफ्नो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताए ।

उनले भने, ‘हरियो वन नेपालको धन हो, आफ्नो कार्यकालमा सरकारी जमिन कसैलाई पनि हडप्न दिने छैन, वन माफियालाई कानुनी दायरामा ल्याउने छु ।’ यसैगरी मन्त्री यादवले सुकुम्बासीको नाममा गरिएको जग्गा अतिक्रमणलाई अतिक्रमणमुक्त गराएर सही व्यक्ति तथा वास्तविक सुकुम्बासीलाई मात्रै जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले मन्त्रालयको निर्देशनबमोजिम वन–जङ्गलको संरक्षणका लागि काम गर्न वन रक्षकलगायत सबै कर्मचारीलाई निर्देशनसमेत दिए ।

वन रक्षकमा कम जनशक्ति भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर गस्ती गर्नुपर्नेमा जोड दिँदै उनले अहिलेसम्म वनको संरक्षणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको सराहनासमेत गरे । त्यसैगरी सर्लाही क्षेत्रमा भइरहेको वन अतिक्रमण र तस्करीलाई उन्मूलन गर्न सबै तह, तप्का तथा क्षेत्रबाट आवश्यक सहयोग मिल्ने मन्त्री यादवले  विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ५ : ५८ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७