महान्यायाधिवक्ताद्वारा बर्दिबास मेडिकल कलेजको जग्गा अनुगमन « Khabarhub

महान्यायाधिवक्ताद्वारा बर्दिबास मेडिकल कलेजको जग्गा अनुगमन


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – बर्दिबास मेडिकल कलेजको प्रस्तावित जग्गामा महान्यायाधिवक्ता खम्मबहादुर खातीले स्थलगत अनुगमन गरेका छन् ।

नगरप्रमुख प्रल्हाद क्षेत्रीको अनुरोधमा प्रस्तावित जग्गा माइस्थान सामुदायिक वनमा शनिबार उनले अनुगमन गरेका हुन् । अनुगमनको क्रममा  महान्याधिवक्ता खातीले जनताको चाहनाअनुसार नै फैसला हुनेमा विश्वास व्यक्त गरे ।

उक्त जग्गामा रुख काटिने कारण देखाउँदै पर्यावरण अभियन्ता देवनारायण मण्डलल दिएको रिटमाथि २०७८ फाल्गुनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण कार्य अगाडि नबढाउन सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि बर्दिबास केन्द्र पर्ने मधेश प्रदेशसहित अन्य जिल्लाको समेत चासो बनेको छ ।

प्रस्तावित जग्गामा नै मेडिकल कलेज निर्माण गर्ने उदेश्यका साथ ६ करोड भन्दा बढी खर्च भइसकेको र रुखसमेत न्यून भएकाले उक्त ठाउँ नै उत्तम रहेको स्थानीयहरु बताउँछन् ।

बर्दिवास सबै जिल्लाको मध्यबिन्दु भएको र पूर्वाधार निर्माण परियोजना अन्तर्गत करौडौ रुपैयाँ राज्यको खर्च भइसकेकाले प्रस्तावित जग्गामा नै मेडिकल बन्नेमा अधिवक्ता टिकाध्वज खडका आशावादी रहेको बताउँछन् ।

संघीय सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणाअनुसार आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यमा मधेश प्रदेशअन्तर्गत महोत्तरीको वर्दिबासमा, प्रदेश–५ को रुपन्देहीको तिलोत्तमामा र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख भएको थियो । संघीय सरकारले मधेश प्रदेशको आठवटै जिल्लाको केन्द्र र अन्य जिल्लालाई समेत सहज हुने अध्ययन अनुसन्धानले निष्कर्ष निकालेपछि बर्दिवास नगरपालिकामा नै स्थान निर्धारण गरेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : २५ बजे

गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी

समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध (तस्बिरहरू)

काठमाडौं– महिला अधिकारका लागि दबाब अभियानले संविधान प्रदत्त समानुपातिक समावेशी

भोजपुरका किसान सुन्तला खेतीमा व्यस्त (तस्बिरहरू)

काठमाडौं– आम्दानीको भरपर्दो स्रोत बन्दै गएपछि भोजपुरका किसानहरू यतिबेला सुन्तला

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट