रुपन्देहीमा लक्ष्यभन्दा १७ हजार बढीले लगाए कोभिडविरुद्धको खोप « Khabarhub

रुपन्देहीमा लक्ष्यभन्दा १७ हजार बढीले लगाए कोभिडविरुद्धको खोप


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देहीमा लक्षित वर्गभन्दा बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । जिल्लाका १० लाख ८७ हजार ४६४ मध्ये १२ वर्ष माथिका खोप लगाउन योग्य आठ लाख ३५ हजार ७९० जना थिए ।

लक्षित समूहभन्दा बढी १०२ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लिएसँगै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणाको पक्रियामा छ । १२ वर्षमाथिका लक्षित सबै नागरिकले कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएकापछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न लागेको हो ।

कोभिड १९ विरुद्धको पहिलो र दोस्रो मात्रा १०२ प्रतिशतले लगाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न लागेको खोप सञ्चालन तथा व्यवस्थापनसम्बन्धी जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

सरकारले तोकेका सबै प्रक्रिया पूरा गरेर जिल्ला कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त जिल्ला भएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा रिजालले बताए । रुपन्देहीका १६ वटै पालिकाले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरूद्धको खोपको पूर्ण मात्रा पूरा गरी कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकेपछि जिल्ला पूर्ण खोप सुनिश्चित भएको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुगमन, निरीक्षण तथा भेरिफिकेसन हुन्छ, टोलीले  प्रमाणित गर्ने प्रक्रिया पूरा भएपछि औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता घोषणा हुन्छ । रुपन्देहीको जनसंख्यामध्ये १०२ प्रतिशत अर्थात् ८ लाख ५६ हजार ४७७ जनाले पहिलो मात्रा र ८ लाख ५३ हजार ७८ जनाले दोस्रो मात्राको खोप लगाएको खोप अधिकृत शर्माले बताए । लक्ष्यभन्दा १७ हजार दुई सय ८८ जना बढीले खोप लिएका छन् भने बुस्टर खोप पनि तीन लाख १५ हजार २६७ जनाले लगाएका छन् ।

१६ पालिकामध्ये सबै भन्दा बढी तिलोत्तमा नगरपालिकाका एक लाख २० हजार एक सय ६६ जनाले पूर्ण खोप पाएका छन् । सबैभन्दा कम लुम्बिनी सांस्कृतिक नगरपालिकामा ७० प्रतिशत अर्थात् ४७ हजार ५७५ ले पूर्ण खोप लगाएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ३ : ५५ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर