१० अंकले बढ्यो नेप्से, २ अर्ब ६७ करोडको कारोबार  « Khabarhub

१० अंकले बढ्यो नेप्से, २ अर्ब ६७ करोडको कारोबार 


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार १० अंकको वृद्धि भएको छ। नेप्से परिसूचक १०.२७ बिन्दुले बढेर २१२३.८२ को बिन्दुमा बजार बन्द भएको छ। आज दिनभर दुई अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भयो।

बैंकिङ ०.२, विकास बैंक ५२, फाइनान्स ३३, होटेल तथा पर्यटन ६०, जलविद्युत् २६, उत्पादन २, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ०.७५ र व्यापार उपसमूह ३८ अंक बढे।

जीवन बीमा भने चार अंक घट्यो। कुल ११८ कम्पनीको मूल्य बढ्दा ५९ को घट्यो भने ३ को स्थिर रह्यो। मनकामना स्मार्ट लघुवित्तको मूल्य १०, तेह्रथुम पावरको ९.६ तथा उपकार लघुवित्तको मूल्य ९.१ प्रतिशत बढ्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, फरवार्ड माइक्रोफाइनान्स, एसियन लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : २२ बजे

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका

फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को

फकल्यान्डमा बेलायतको अडान कायमै

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी