करेन्ट लागेर तीन जनाको मृत्यु    « Khabarhub

करेन्ट लागेर तीन जनाको मृत्यु   


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ, मकवानपुर र सिराहामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–८ बालगोपाल टोल बस्ने ३० वर्षीय राजु मुख्याको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ ।

आफ्नै घरमा बिजुलीको प्लगमा तार जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मिलनपथ बस्ने १३ वर्षीय सुमन तामाङको करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।

साथीहरुसँग मिलेर सोही ठाउँस्थित कर्रा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको हेटौँडा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिरहाको सिराहा नगरपालिका–१६ माडर बस्ने २७ वर्षीय निरज मुखियाको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ ।

छिमेकीको घरमा चार्जमा राखेको बरफ/आइसक्रिम बेच्न प्रयोग हुने ठेला छुँदा करेन्ट लागेर अशक्त भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : २७ बजे

लक्सनले जोगाए नेतृत्व, चुनौती अझै कायम

एजेन्सी– लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्डका प्रधानमन्त्री

किन भाइरल बन्दैछ रितेश र जेनेलिया रोएको भिडियो ?

काठमाडौं – बलिउड नायक रितेश देशमुखको निर्देशनमा बनेको फिल्म ‘राजा

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

एजेन्सी– मध्यपूर्वमा बढ्दो युद्धको प्रत्यक्ष असर देखिँदै भारतको मल उत्पादन

लाखौँ पन्छी मारेपछि आउँछ ‘बर्ड फ्लू’ नेगेटिभ रिपोर्ट, विज्ञ भन्छन्- मासु खाँदैमा मानिसमा सर्दैन

भारतसंग सीमा जोडिएका क्षेत्रमा बर्ड फ्लूको संक्रमण देखिएका बेला कैलालीमा

इरानले भन्यो : अमेरिकाले फेरि जुनसुकै बेला आक्रमण गर्न सक्छ

तेहरान- इरानी नेतृत्वले वार्ता अघि नबढेको अवस्थामा अमेरिकाले जुनसुकै बेला