गगनको कटाक्ष– नेपालीले वर्षमा कतिवटा किताव पढ्न पाउने हो, सरकारले कोटा तोकोस् ! | Khabarhub Khabarhub

गगनको कटाक्ष– नेपालीले वर्षमा कतिवटा किताव पढ्न पाउने हो, सरकारले कोटा तोकोस् !


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटले किताव आयतमा दश प्रतिशत भन्सार महसुल लगाउने निर्णयले स्वदेशी मुद्रण व्यवसायलाई कुनै फाइदा नपुग्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद थापाले भन्सार महसुलले स्वदेशी मुद्रणलाई फाइदा पुग्ने सरकाको कुरामा कुनै दम नरहेको बताए ।सरकारले घरेलु मुद्रण व्यवसायीको हित चाहेको भए अन्य कयौं उपायहरु रहेको भन्दै उनले सरकारले पुस्तकलाई नियन्त्रण गर्न खोज्दै प्रकारान्तरमा ज्ञानलाई नै नियन्त्रण गर्न खोजेको दाबी गरे ।

‘यस्तो कामको एउटै उदेश्य देखिन्छ । कितावलाई महंगो बनाउँदै कितावलाई नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानलाई नियन्त्रण गर्नु’ थापाले भने ।

सांसद थापाले विदेशबाट आउने नेपालीले भन्सार नतिर्ने गरि धेरै किताव ल्याउने गरे भने सरकारको चाहना पूरा नहुन सक्छ भन्दै त्यसमा कोटा लगाउन सुझाव दिए ।

‘सुझाव दिन चाहन्छु विदेशबाट आउने नेपालीले कतिवटा किताव ल्याउन पाउने त्यसको कोटा तोकिदिनुस्’ थापाले कटाक्ष गर्दै भने,‘विमानस्थल लगायतका स्थानमा सुरक्षा जाँच बढाउनुस्, किताव बढी ल्याउनेलाई दण्ड जरिवाना गराउँनु । त्यति गर्दा पनि नेपालीले किताव पढ्न नछाड्ने हो भने सरकारले एक वर्षमा नेपालीले कति किताव पढ्न पाउने हो त्यसको कोटा तोकिदिनुस् ।’

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ११ : ४६ बजे

सेमिकण्डक्टरको क्षेत्रमा अमेरिकाले भारतसँग सहकार्य गर्ने

काठमाडौं – सेमिकण्डक्टर उत्पादनका लागि थप सम्भावना खोज्न अमेरिकाले भारतसँग

बहराइनले निष्कासित गरेका बलोच युवा कराँचीबाट बेपत्ता

काठमाडौं – बहराइनले निष्कासित गरेका एक जना बलोच युवा पाकिस्तानबाट

अनुदान कटौतीको विरोधमा पाकिस्तानमा प्रदर्शन

काठमाडौं – गहुँको पिठोको अभाव र अनुदान कटौतीको विरोधमा पाकिस्तानको

यस्तो छ रवि लामिछानेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित

१२ जिल्लाका सीडीओ फेरिए, को कहाँ ? (सूचीसहित)

काठमाडौं – गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ