३० लाख खर्च, तर आएन धारामा पानी | Khabarhub Khabarhub

३० लाख खर्च, तर आएन धारामा पानी


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको चरम अभाव छ । माझी बस्तीवासीले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन् ।

माझीबस्तीमा खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तीन वर्ष अघि सुरु गरेको माझी बस्ती लिफ्ट खानेपानी योजना निर्माण भए पनि पानी आउन नसक्दा घरमा रित्तो धारो एक वर्षदेखि हेर्दै छन् माझी समुदाय । विसं २०४८ मा बागलुङ पोखरा सडकखण्ड विस्तारको क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बाङ्गेचौर खेल मैदानमा राखियो ।

नगरपालिकाको पहलमा वडा नं १को रामरेखास्थित कालीगण्डकी किनारामा तीन वर्षअघि मात्रै जग्गा खरिद गरेर नयाँ घर उपलब्ध गराइएकोथियो । माझी बस्तीमा १४ नमूना घर निर्माणसँगै उनीहरुले आफ्नै घर पाए पनि अन्य सेवा सुविधा पाउन सकेका छैनन् । नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि तीन वर्ष अघिदेखि सुरु भएको खानेपानी आयोजना एकवर्ष अघि नै सकियो, ट्याङ्की, धारोलगायत पूर्वाधार निर्माण भइसक्यो तर एक वर्षदेखि पानी भने खस्न सकेको छैन ।

उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । एक घर एक धारा पुर्‍याउने माझी बस्तीमा खानेपानी आयोजना निर्माण गर्दा झण्डै रु ३० लाख खर्च भइसकेको र पानी बिनाकै धारो बनेको पनि एकवर्ष पुगिसकेको छ । दैलोमा खानेपानीको धारो बनेको एक वर्ष बित्दासमेत खानेपानी नआएको माझी समुदायको गुनासो छ ।

कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत करिब ५०० मिटरमाथि तानेपछि नमूनामा बस्तीमा खानेपानी वितरण गर्ने योजना अधुरै बनेको बागलुङ नगरपालिका–१ का वडाध्यक्ष जयबहादुर केसीले बताए । उनले नयाँ जनप्रतिनिधि आएपछि तत्कालै आयोजना पनि सञ्चालन गर्नका लागि काम थालिरहेको जानकारी दिए।

‘खानेपानीको समस्या समाधानका लागि अघिल्लो जनप्रतिनिधिले के गरे त्यो बुझ्नै पर्दछ, म निर्वाचित भएर आएपछि यस विषयमा जानकारी पाए, अहिले खानेपानी तथा सरसफाइ कार्यालय र नगरपालिकासँग समन्वय भइरहेको छ’ वडाध्यक्ष केसीले भने ‘विद्युत् जोडेर पम्प चलाए मात्रै पानी आउछ, त्यसमा समन्वयको मात्रै अभाव भएको देखियो ।’

कोरोना महामारीका कारण खानेपानी योजना समयमै नसकिएको र अहिले विद्युत् जडानको काम नहुँदा पानी आउन नसकेको माझी बस्ती खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कृष्ण माझीले बताए । उनले कोरोनामा आफै बिरामी भएर महिनौँ बस्दा आयोजनामा समय दिन नसकेको भन्दै खानेपानी कार्यालयसँग समन्वय गरेर विद्युत् जडान गरी पानी तान्नका लागि पहल गरिने जानकारी दिए ।

अध्यक्ष माझीले १४ घरमा धारा निर्माण, ट्याङ्की तथा वितरण पाइपलगायत भौतिक पूर्वाधारमा खानेपानी कार्यालयको रु ३० लाख खर्च भइसकेको बताए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सूचना अधिकारी तथा इञ्जिनीयर ईश्वरीप्रसाद शर्माले हिउँदभित्रै माझी बस्तीमा खानेपानी ल्याउनेगरी कार्यालयले काम गरिने जानकारी दिए।

‘हामीले आयोजना सम्पन्न भयो भन्ने हिसाबले अघिल्लो दुई आर्थिक वर्ष अघिको योजनालाई हेर्‍यौँ, पानी खसाल्ने काम उपभोक्ता समितिको समन्वयममा हुनपर्दथ्यो, अब हामी स्थलगत अनगुमनपछि आवश्यक बजेट खर्चेर पानी तान्ने उपकरण जोड्नेछौँ।’

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १ : ४१ बजे

विकास र समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

बुटवल उपमहानगरको बजेट पारित

लुम्बिनी – बुटवल उपमहानगरपालिकाको पन्ध्रौँ अधिवेशनले आगामी आर्थिक वर्षको बजेट

पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा आएर पुनः

एसिया कप खेल्ने एपिएफका खेलाडीको बिदाइ

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले महिला टी–२० एसिया कपमा

विश्व खाद्यान्न मूल्य जुनमा स्थिर : एफएओ

रोम – विश्व खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय