ओलीलाई 'झुटप्रसाद' भनेपछि नेकपा सांसदको प्रश्न शेरबहादुरलाई 'छेरबहादुर' भने के हुन्छ? | Khabarhub Khabarhub

ओलीलाई ‘झुटप्रसाद’ भनेपछि नेकपा सांसदको प्रश्न शेरबहादुरलाई ‘छेरबहादुर’ भने के हुन्छ?


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-यतिबेला सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद आफूआफूमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । प्रतिनिधिसभाको बैठकमै सांसदहरुले एकअर्काप्रति व्यक्त विचारको विषयमा जुहारी नै चलेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘झुटप्रसाद ओली’ भनेपछि चौधरीको अभिव्यक्तिको विषयमा नेकपा सांसदले आपत्ति जनाए ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका चौधरीले प्रधानमन्त्रीलाई झूटप्रसाद ओली भनेका थिए । उनले भनेका थिए ‘सरकारको गठनदेखि आजसम्म जनताले प्रशंसा गर्न लायक काम सरकारले गर्न सकेको छैन, यो सरकार काण्डैकाण्डको दलदलमा फसेको छ । शुरूमा सिन्डिकेट अन्त्य गर्ने मुद्दामा वाहवाही पाएको सरकारले सिन्डिकेटलाई प्रोत्साहन गरेर आफूलाई झूट साबित गरेको छ, जथाभावी कर निर्धारण गरेर करप्रसाद उपनाम पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको कामकारवाही हेर्दा उहाँले सधैं झुटको आश्वासन दिने, झूटको खेती गर्ने गर्दा उहाँको उपनाम झुटप्रसाद ओली भन्दा केही फरक पर्नेवाला छैन ।’

चौधरीको यो अभिव्यति प्रति आपत्ति जनाउँदै सभामुखसँग समय लिएर नेकपाका सांसद झपट रावलले कांग्रेस सभापति नाम बिगारे के होला भन्दै प्रश्न गरे । रावलले भने ‘प्रतिपक्षी दलका माननीय सदस्यले सम्माननीय प्रधानमन्त्रीको नाम बिगारेर सम्बोधन गर्नुभएको छ । हामीले बोल्ने भाषा शैलीबारे नेपाली जनताले चनाखो ढंगले हेर्नुभएको छ । हामीले बोल्ने भाषा सभ्य र सुसंस्कृत हुनुपर्छ । हामी यहाँ बोलिरहँदा नेपाली जनताले के सिक्ने ? प्रतिपक्षी दलका मानननीयजीले सम्माननीय प्रधानमन्त्रीज्यूको नाम बंग्याएर करप्रसाद लगायतका झूटप्रसाद ओली भन्नुभएको छ । हामीले पनि प्रतिपक्षी दलका नेताज्यू शेरबहादुर देउवाको नाम छेरबहादुर देउवा भन्न बाध्य भयौं भने के हुन्छ ?’

नेकपा सांसद रावलले चौधरीले बोलेको विषयलाई नेकपा सांसद रावलले गरेको टिप्पणीले ध्यानाकर्षण भएको भन्दै सभामुख कृष्णबहादुर महराले अब के गर्ने भन्ने निर्णय लिने बताए ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १२ : ३९ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले