इजरायली सुरक्षाकर्मी र गाजाका विद्रोहीबीच भएको भिडन्तमा ५१ जनाको मृत्यु « Khabarhub

इजरायली सुरक्षाकर्मी र गाजाका विद्रोहीबीच भएको भिडन्तमा ५१ जनाको मृत्यु


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायली सुरक्षाकर्मी र गाजा क्षेत्रका विद्रोही समूहका बीचमा भएको भिडन्तका क्रममा कम्तीमा ५१ मृत्यु भएको छ ।

पछिल्ला केही दिनयता भएको भिडन्तमा परी यसअघि ४३ जनाको मृत्यु भएको बताइएकोमा इजरायली सुरक्षा फौजले ५१ जनाको मृत्यु भएको पुष्टि गरेकोे हो ।

कुल मृतक मध्ये २४ जना विद्रोही पक्षका लडाकु रहेका छन भने २७ जना गाजा क्षेत्रका स्थानीय बासिन्दा रहेका छन् ।

सरकारी पक्षले भिडन्तका क्रममा मृत्यु भएका ११ जना युद्धमा कुनै पनि पक्षबाट संलग्न नभएको जनाएको छ । घटनामा परी केही बालबालिकाको समेत मृत्यु भएको पाइएको छ ।

“धेरै प्यालेस्टाइनीहरुको मृत्यु इस्लामिक जिहाद समूहका कारणले भएको छ, यसबाट हामीले सिक्न सक्नु पर्दछ,” एक सुरक्षा अधिकारीले भने ।

गाजा क्षेत्रमा इस्लामिक जिहाद समूहले लामो समयदेखि विद्रोही गर्दै आएको छ । उनीहरुको विद्रोहका कारण बेला बेलामा दुई पक्षका बीचमा भिडन्त हुने गरेको छ ।

पछिल्लो दिन दिनमा भएको भिडन्तलाई अति क्षतिपूर्ण घटनाको रुपमा लिइएको छ । दुबै पक्षले यसलाई नराम्रो घटनाका रुपमा महसुस गरेकाले अहिले युद्धविराम घोषणा गरेका छन् ।

सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमती भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गरेका छन् । इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खबर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशीयाली मनाएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ३ : ५० बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको