नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन प्रतिबद्ध छु : मन्त्री यादव « Khabarhub

नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन प्रतिबद्ध छु : मन्त्री यादव


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।

दक्षिण एशियाली देशहरुमा रहेका नदी तथा समुद्रलाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन दक्षिण एशिया सहकारी वातावरण कार्यक्रमले आज आयोजना गरेको सरोकारवाला, परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष बृहत् कार्यशालामा मन्त्री यादवले नेपाललाई प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न आफू लागिपरेको बताए ।

उनले भने, ‘प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्यामध्ये एक हो, यसको समाधान खोज्न हामीले ढिलो गर्नु हुँदैन ।’

सोही कार्यक्रममा मन्त्री यादवले ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिकको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्न आफूले निर्देशन दिएको जानकारी गराए ।

नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन आफू प्रतिबद्ध रहेको र आफू मन्त्री नियुक्त भएपश्चात् छोटो समयमै धेरै कामको सुरुआत भएको मन्त्री यादवले जिकिर गरे।

यसैगरी मन्त्री यादवले आगामी भदौ १ गतेदेखि प्लाष्टिक प्रदूषणमुक्त बनाउन थप काम हुन गइरहेको बताए । यस्तै वीरगञ्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्वपूर्ण काम भइरहेको उनको भनाइ थियो ।

उनले भने, ‘प्लाष्टिक प्रदूषणमुक्त बनाउन हामी एक्लैले चालेका कदम अपर्याप्त हुन सक्छन् । हामीलाई अन्तर्राष्ट्रियस्तरबाट पनि सहयोगको आवश्यकता छ, हाम्रो अभियानमा सबैको साथ र सहयोग आवश्यक छ ।’

सोही कार्यक्रममा मन्त्री यादवले प्लाष्टिकजन्य पुष्पगुच्छा तथा माला आयात, बिक्रीवितरण र भण्डारणमा पनि प्रतिबन्ध लगाइएको जानकारी दिए ।

उनले भने, ‘नेपाललीले उत्पादन गरेका फूलहरु बिक्री हुँदैनन्, प्लाष्टिक पुष्पगुच्छा तथा मालाले प्रदूषण गर्ने भएकाले मैले प्लाष्टिक पुष्पगुच्छा तथा माला आयात, बिक्रीवितरण र भण्डारणमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छु ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ९ : ४९ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण