मधेस प्रदेशमा ताजिया मेलाको रौनक   | Khabarhub Khabarhub

मधेस प्रदेशमा ताजिया मेलाको रौनक  


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- तराई मधेशका इस्लाम धर्मावलम्बीले मोहरममा आयोजना गर्ने ताजिया (दाहा) मेला मनाइरहेका छन् । इस्लाम धर्मका लागि ज्यानको आहुति (बलिदानी) दिने हजरत हसन र हजरत हुसेनको सम्झानामा यहाँका मुस्लिम समुदायहरू इस्लामिक महिना मोहरममा ताजिया (दाहा) मेलाको आयोजना गर्दै आएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका  बन्धी, पिपरा गाउँपालिकाको हर्दिया, लक्ष्मीनिया गाउँपालिकाको गजरिया, महोत्तरीको धवौली  लगायतका स्थानमा ठूला दाहा (तजिया) मेलाको आयोजना गरिएको छ । ताजिया बनाउने चलन नेपाल, भारत, पाकिस्तान, बगंलादेशसहितका मुलुकहरूमा  छ ।

दाहा मेलामा मुस्लिम समुदायका युवाहरूले विभिन्न प्रकारका कलात्मक खेलहरू प्रदर्शन गर्नेछन् भने महिलाहरूले हसन हुसेनको सम्झनामा गीत गाउने गर्छन् । तर पछिल्लो समय महिलाहरूले गति गाउने चलन हराउँदै गएको छ । मेलाको अन्तिम राम्रो खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई तगमा (शिल्ड)  वितरण गर्ने चलने छ ।

मोहरम महिनाको नवौँ दिन अर्थात् सोमबार पहिलो दिन मेलाको अन्य गाउँमा गएर खेलाडीहरूले खेल प्रदर्शन गरे भने दोस्रो दिन मंगलबार आफ्नै गाउँकै मैदानमा दुई वा दुईभन्दा बढी ताजियाको मिलान अर्थात् जोरा लगाइने चलन छ ।

इस्लामिक क्यालेण्डरअनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेण्डरको पहिलो महिना हो । मोहरम महिना इस्लामिक क्यालेडरअनुसार नयाँ वर्षको पहिलो महिना पनि हो । यो महिनामा नै इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद पैगम्बर (स.)का नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको संरक्षणका लागि आफ्नो ज्यानको आहुति (बलिदानी) दिएका थिए ।

हजरत हसन र हुसैनले यहुदीहरूबाट धर्म संरक्षणको लडाइँमा शहीद भएका कारण उनिहरूकै सम्झनामा मुस्लिम समुदायले मोहरममा महिनामा तजिया बनाएर गम अर्थात दुःख मनाउने गर्छन् । तर इस्लामिक धर्मगुरुले तजिया नबनाएर पनि उहाँको सम्झिन सक्ने बताउँछन् ।

खेलतमसा वा दाहा नै बनाए हसन हुसेनलाई सम्झनु गलत रहेको इस्लामिक धर्मगुरुहरूको भनाइ छ । उनीहरूले यो महिनामा बढीभन्दा बढी धार्मिक तथा पुण्यको काम गर्न सुझाव दिन्छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ११ : ०० बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि