लुम्बिनी प्रदेशमा चार महिनालाई पुग्ने खाद्यान्न मौज्दात « Khabarhub

लुम्बिनी प्रदेशमा चार महिनालाई पुग्ने खाद्यान्न मौज्दात


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- लुम्बिनी प्रदेश आपूर्ति संयन्त्रको बैठकले प्रदेशमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज रहेको जनाएको छ । लुम्बिनी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको प्रदेशस्तरीय आपूर्ति संयन्त्रको बैठकले प्रदेशका १२ वटै जिल्लामा खाद्यान्न, पेट्रोलियम, मल खाद तथा उपभोग्य सामाग्रीको सहज आपूर्तिले अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेको जनाएको हो ।

उच्चस्तरीय संयन्त्र र सो मातहतको समिति तथा प्राविधिक समितिले गरेको अध्ययनअनुसार प्रदेशमा कम्तीमा चार महिनाका लागि खाद्यवस्तुको अभाव हुने छैन । समितिले निजी तथा व्यावसायिक संघसंगठन तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलगायतका सरोकारवाला निकायसँगको छलफल र तथ्यांकको आधारमा चार महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको निष्कर्ष निकालेको हो । ‘प्रदेशका बाह्र वटै जिल्लामा खाद्यान्नको सहज आपूर्तिको व्यवस्था पनि गरिरहेका छाै,’ मन्त्रालयका सचिव हेमराज सुवेदीले भने ।

सोमबार मन्त्रालयका सचिव सुवेदीको अध्यक्षतामा बसेको बैठकमा  नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख नवविनोद पोखरेलले पेट्रोलियम पदार्थको अभाव नरहेको बताए ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक प्रबन्धक नारायणप्रसाद शर्माले मलखादका लागि केही समय अभाव सृजना भए पनि हाललाई यो समस्या केही समयका लागि समाधान भएको उल्लेख गरे ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक यमबहादुर कुँवर, कृषि विकास निर्देशनालयका सुनैना बराली, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेशकुमार चापागाई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका महाशाखा प्रमुख विजयकुमार कार्की, खाद्य व्यवस्था कम्पनीका प्रमुख धर्मबहादुर बस्नेतलगायतले लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा आपूर्ति व्यवस्था सहज रहेको बताए ।

उत्पादनका हिसाबले यो प्रदेश खाद्यान्नमा आत्मनिर्भर छ । प्रदेशका रोल्पा, रुकुमलगायतका पहाडी जिल्ला आफैँमा आत्मनिर्भर नभए पनि तराईका ६ जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया र दाङ भने खाद्यान्न, तेलहन र दलहन बाली उत्पादनका लागि उर्वर जिल्ला हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सहज आपूर्तिका लागि निजी क्षेत्रले निरन्तर प्रयास गरिरहेको बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १ : ४४ बजे

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा