नर्भिकको संरचना हटाउन समिति गठन गरिने « Khabarhub

नर्भिकको संरचना हटाउन समिति गठन गरिने


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको संरचनाका बारेमा काठमाडौँ महानगरपालिकाले अध्ययन गर्ने भएको छ ।

सार्वजनिक जग्गाको संरचना हटाउन दिएको निर्देशनको अवस्था बुझ्न मंगलबार अस्पताल पुगेका महानगरका मेयर बालेन्द्र शाहले दुई पक्षको प्राविधिक राखेर अध्ययन समिति बनाउने बताएका हुन् ।

मेयर शाह अस्पताल पुग्दा अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले अस्पतालले कानून अनुसार जग्गा भाडामा लिएको र अक्सिजनसहितका सामग्री भण्डारण गरिएको बताएका थिए । त्यसपछि मेयर शाहले अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय गर्ने बताउँदै  फर्केका थिए । अस्पतालका अध्यक्ष सिंहले आफूहरूले सार्वजनिक जग्गा नमिचेको र महानगरले कुरै नबुझी भवन भत्काउन २४ घण्टे अल्टिमेटम दिएको बताए।

यसअघि काठमाडौँ महानगरपालिकाका शाहले अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन दिएका थिए । अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरले बताउँदै आएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ४ : ०५ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज