राष्ट्रसङ्घले इथियोपियाका खडेरी प्रभावितलाई खाद्यान्न उपलब्ध गराउने « Khabarhub

राष्ट्रसङ्घले इथियोपियाका खडेरी प्रभावितलाई खाद्यान्न उपलब्ध गराउने


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घले अफ्रिकी मुलुक इथियोपियाका खडेरी प्रभावितलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । खडेरी प्रभावितलाई मानवीय सहयताको खाँचो रहेको भन्दै राष्ट्रसङ्घले खाद्यान्न उपलब्ध गराइने जनाएको हो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घले मानवीय सहायता निकायलाई खडेरीबाट पीडित भएका एक करोड ६० लाख र बाढी प्रभावित १७ लाख इथियोपियालीलाई सहयोग गर्न आह्वान गरिएको छ ।

इथियोपियामा गएको ४० वर्षयताकै सबैभन्दा खराब खडेरी परेको पाइएको छ । यसबाट धेरैभन्दा धेरै नागरिकले अत्यावश्यक वस्तुको अभाव झेलिरहेका छन् ।

महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले त्यहाँको खडेरी इतिहासकै सबैभन्दा खराब प्रकृतिको रहेको भन्दै यसबाट लाखौँ मानिस विस्थापित भएका बताएका छन् ।

उनले यो खडेरीका कारण करिब ३५ लाख पशु चौपायासमेत मरेका जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको मानवीय सहयातासम्बन्धी एजेन्सीलाई उद्धृत गर्दै उनले जनाएअनुसार खडेरी पीडितमध्ये अधिकांशले खाद्यान्नको अभाव झेल्नुपरेको छ ।

साथै इथियोपियाका बालबालिका तथा महिलाले आवश्यक पोषणको अभावमा विभिन्न प्रकृतिका रोगबाट झेल्नुपरेको पाइएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले इथियोपियामा एकातर्फ खडेरीले मानिसमा असर गरेको र अर्कातर्फ बाढीका कारण पनि धेरै नागरिकको ज्यान गएको र विस्थापित हुनुपरेको जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ५ : ३५ बजे

विषाक्त खाना खाँदा ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन- भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द

जीवनी होइन इतिहास लेख्न राजनीतिमा आएको हुँ : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू जीवनी

सडक किनारका जोखिमयुक्त रुख हटाउँदै वन कार्यालय

चितवन- डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउन

बागलुङको माझगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम

ढोरपाटन (बागलुङ)- बागलुङको जैमिनी नगरपालिका–३ देरालीखानी माझगाउँमा ‘एक घर, एक