सिट बाँडफाँडबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल गरिँदै « Khabarhub

सिट बाँडफाँडबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल गरिँदै


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै छ ।

भोलि बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि आज कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो।

आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफलका लागि भोलि बिहीबार कार्यदलको बैठक बस्दै छ।

त्यसअघि आन्तरिक तयारीस्वरूप कांग्रेस पदाधिकारी बैठक आज बस्न लागेको हो। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । सो बैठकले २२ दिने चुनावी अभियान र दुई दिने जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

कांग्रेसमा सिट बाँडफाँड विषय निकै पेचिलो बनेको छ । एक सय ६५ मध्ये करिब एक सय सिट आफूलाई राख्न सभापति शेरबहादुर देउवामाथि ठूलो दबाब छ । तर, गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमो कांग्रेस उदार भएर प्रस्तुत हुनुपर्ने बताउँदै आएका छन् ।

सिट बाँडफाँडसम्बन्धी कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक तोकिएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ११ : ३८ बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा