५ हजारभन्दा धेरै ठगीका पुराना मुद्दा फरफारक हुन बाँकी « Khabarhub

५ हजारभन्दा धेरै ठगीका पुराना मुद्दा फरफारक हुन बाँकी


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ५ हजारभन्दा धेरै वैदेशिक रोजगारीका नाममा परेका मुद्दा फरफारक हुने बाँकी रहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

२०६४ सालदेखि यताका ३ हजार ७ सय मुद्दा र त्योभन्दा अगाडिका १ हजार ५ सय मुद्दा विभागमा पीडितले उजुरी गरेपनि विभिन्न कारण फरफारक हुन बाँकी रहेको विभागले जनाएको छ ।

पुराना मुद्दा फरफारक गर्न विभागले म्यानपावर कम्पनीलाई पटक पटक निर्देशन दिँदै आएको छ । तर, पीडितहरु सम्पर्कमा नआएको र कतिवय म्यानपावर कम्पनी बन्द भएका कारण ती मुद्दा फरफारक बाँकी रहेको विभागको दाबी छ ।

वैदेशिक रोजगारीका नाम आर्थिक शोषण धेरै हुँदै आएको विभागका महानिर्देशक डा भीष्मकुमार भुषालले बताए । आइतबार सञ्चारकर्मीलाई विभागले गरेको पछिल्लो गतिवधिका बारेमा जानकारी गराउँदै महानिर्देशक भुषालले वैदेशिक रोजगारीका विकृति रोक्न विभागले आवश्यक कानुन र अन्य सम्बन्धित निकायसँग छलफल गरिरहेको बताए ।

‘विभागले विभागका सवै काम अनलाइन प्रणालीबाट गर्ने प्रक्रिया मिलाइसकेको छ । अबको केही दिनभित्र सवै काम अनलाइन प्रणालीबाट हुन्छ । उजुरी, एजेन्टबाट ठगीको पीडितका समस्या सुनुवाइ अनलाइबाट नै हुँदै छन्’ उनले भने, ‘विभागले एजेन्ट खारेज गरेको छ ।

एजेन्टमार्फत काम गराउन म्यानपावरलाई वैदेशिक रोजगार ऐनअनुसार कानुनी कारवाही हुन्छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई पनि एजेन्टमार्फत काम नगर्ने विभागले आग्रह गर्दछ ।’

विभागले गएका ११ महिनामा ७ सय ४५ वटा उजुरीको सुनुवाइ गरेको विभागले जनाएको छ । सोही अवधिमा ३३ वटा व्यक्तिगत उजुरी वैदेशिक रोजगार न्यायधीकरण पठाएको विभागले जानकारी दिएको छ । यस्तै यो अवधिमा पीडितको उजुरीका आधारमा ९ करोड क्षतिपूर्ति भराएको विभागको भनाइ छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ४ : ४७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते