‘भारतसँगको सिमानामा काँडेतार लगाउनुपर्छ’ « Khabarhub

भीम रावल भन्छन्:

‘भारतसँगको सिमानामा काँडेतार लगाउनुपर्छ’


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौँमा कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडे तार’ का बारेमा जानकारी दिन आयोजित कार्यक्रममा रावलले भारतले बंगलादेशसँग आफ्नो सिमानामा काँडे तार लगाएको भन्दै नेपालले पनि भारतसँग आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका हुन्  ।

सिमानामा काँडे तार लगाउने भनेपछि केवल फलामे तार लगाउनेजस्तो बुझिए पनि यो देशको सुरक्षाको अभिव्यक्ति भएको उनको भनाइ छ । रावलले धेरै राष्ट्रहरूले आफ्नो सिमानाको रक्षाको लागि पर्खाल लगाएको उदाहरण पेस गर्दै नेपालले पनि आफ्नो सिमानाको राम्रो सुरक्षा गर्नुपर्नेमा जोड दिए। रावलले नागरिकता विधेयकको पनि विरोध गर्दै नेपालीहरूलाई अल्पमतमा पार्ने षड्यन्त्र भएको तर्क गरे।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले सबै खाले बाह्य हस्तक्षेपको विरुद्धमा नेपाल लड्नुपर्ने र यसका लागि सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको धारणा राखे।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपालले आफ्नो सिमानालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। त्यस्तै, नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेपालमा राष्ट्रियतामाथि प्रहार हुँदा सबै मिलेर त्यसलाई जोगाउने काम गरेको जिकिर गरे।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ६ : ०३ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण