सर्वोच्चमा लोक सेवाको विज्ञापनबारे परेका रिटमाथि सुनुवाई अझै सकिएन « Khabarhub

सर्वोच्चमा लोक सेवाको विज्ञापनबारे परेका रिटमाथि सुनुवाई अझै सकिएन


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि आह्वान गरेको विज्ञापनका सम्बन्धमा सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाई बुधबारका लागि सरेको छ ।

आइतबारको सुनुवाईमा बहस नसकिएपछि बुधबारका लागि सुनुवाई सारिएको हो । आइतबार रिट निवेदकका तर्फबाट बहस भएको थियो ।

सर्वोच्च अदालतमा लोकसेवा आयोगको विज्ञापनविरुद्ध ३ वटा रिट परेका छन् । आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्तविपरीत भएको भन्दै अधिवक्ता जगदेव चौधरी, विकास ठाकुर र जनकबहादुर बुढा समेतको हकमा मिमबहादुर योञ्जनले रिट दायर गरेका थिए ।

लोक सेवाले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्तविपरित रहेको भन्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले खारेज गर्न निर्देशन जारी गरेको थियो । संसदीय समितिको उक्त निर्देशनविरुद्ध अधिवक्ता राजाराम घिमिरेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

लोक सेवाको विज्ञापनको पक्ष र विपक्षमा परेका रिटमाथि आइतबारदेखि सुंयुक्त रुपमा सुनुवाई शुरु भएको हो ।

आइतबार न्यायाधीशरु हकिृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलाशमा सुनुवाई भएपनि बहस नभएपछि बुधबारका लागि अर्को सुनुवाई तोकिएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ५ : ४८ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग