सर्वोच्चमा लोक सेवाको विज्ञापनबारे परेका रिटमाथि सुनुवाई अझै सकिएन | Khabarhub Khabarhub

सर्वोच्चमा लोक सेवाको विज्ञापनबारे परेका रिटमाथि सुनुवाई अझै सकिएन


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि आह्वान गरेको विज्ञापनका सम्बन्धमा सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाई बुधबारका लागि सरेको छ ।

आइतबारको सुनुवाईमा बहस नसकिएपछि बुधबारका लागि सुनुवाई सारिएको हो । आइतबार रिट निवेदकका तर्फबाट बहस भएको थियो ।

सर्वोच्च अदालतमा लोकसेवा आयोगको विज्ञापनविरुद्ध ३ वटा रिट परेका छन् । आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्तविपरीत भएको भन्दै अधिवक्ता जगदेव चौधरी, विकास ठाकुर र जनकबहादुर बुढा समेतको हकमा मिमबहादुर योञ्जनले रिट दायर गरेका थिए ।

लोक सेवाले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्तविपरित रहेको भन्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले खारेज गर्न निर्देशन जारी गरेको थियो । संसदीय समितिको उक्त निर्देशनविरुद्ध अधिवक्ता राजाराम घिमिरेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

लोक सेवाको विज्ञापनको पक्ष र विपक्षमा परेका रिटमाथि आइतबारदेखि सुंयुक्त रुपमा सुनुवाई शुरु भएको हो ।

आइतबार न्यायाधीशरु हकिृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलाशमा सुनुवाई भएपनि बहस नभएपछि बुधबारका लागि अर्को सुनुवाई तोकिएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ५ : ४८ बजे

बैतडीमा काफल टिप्दा रुखबाट खसेर एक किशोरीको मृत्यु 

धनगढी – बैतडीमा काफल टिप्दा रुखबाट खसेर किशोरीको मृत्यु भएको

‘भान्सादेखि संसद्सम्म महिला-पुरुष समान सहभागिता चाहिन्छ’

काठमाडौं– लैङगिक समानताको लागि महिला र पुरुषको सहभागिता संसद्देखि भान्सासम्म

साना विमानस्थलमा इजरायली आक्रमण, ५० करोड डलरको क्षति

एजेनसी– यमनको हुथी नियन्त्रित राजधानी सानामा रहेको विमानस्थलमा इजरायलले गरेको

नीति, कार्यक्रममा महाकाली कोरिडोर समावेश गर्न माग

काठमाडौं– भारत र चीनलाई जोड्ने महाकाली कोरिडोरलाई आगामी वर्षको नीति

‘लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटो’  

विराटनगर– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र