पाँचौँ विश्व संस्कृत दिवस आज : ७ देशका प्रतिनिधि काठमाडौँमा « Khabarhub

पाँचौँ विश्व संस्कृत दिवस आज : ७ देशका प्रतिनिधि काठमाडौँमा


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको पाँचौँसंस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । पाँचौँविश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतलगायत देशका विभिन्न संस्थाले संयुक्तरूपमा गरेका छन् । नेपालबाट नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्व विद्यालयको संस्कृत केन्द्रीय विभाग र सोही विश्वविद्यालयअन्तर्गत त्रिचन्द्र महाविद्यालयस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासङ्घ र जरो किलो प्रतिष्ठान, अमेरिकाबाट सहृदयता इन्टरनेशनल र विश्व भूटानी हिन्दू सङ्गठन तथा बेलायतबाट नेपाली हिन्दू फोरम यूकेको सहकार्यमा यो दिवस मनाइँदैछ ।

नेपालमा पाँचौँ विश्व संस्कृत दिवसको मूल समारोह आज काठमाडौँमा आयोजना गरिएको छ । देश तथा विदेशबाट कार्यपत्र, संस्कृत रचना तथा विशिष्ट वक्तव्यको प्रस्तुति पनि हुनेछ । नेपालका विभिन्न भूभागका साथै भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, कतारलगायत देशमा पाँचौँ विश्व संस्कृत दिवस मनाउन कार्यक्रम तय भइसकेको जरोकिलो महाअभियानका सङ्कल्पकर्ता एवं काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापकसमेत रहेका निर्देशन समिति संयोजक डा निर्मलमणि अधिकारीले बताए ।

श्रावण शुक्ल पूर्णिमा ऋषिहरुसँग जोडिएको ऋषितर्पणीको दिन भएकाले यो दिन विश्व संस्कृत दिवस मनाउन थालिएको हो । ऋषिले नै वेदका मन्त्र ध्यान दृष्टिका माध्यमबाट देखेकाले पनि यसै दिन संस्कृत दिवस मनाउन उपयुक्त हुने भएकाले यसको शुरुआत गरिएको हो । प्राचीनकालमा शैक्षिक सत्रको शुरुआत पनि श्रावण शुक्ल पूर्णिमाकै दिनदेखि शुरु गरिने गरेकाले पनि यसै दिनलाई विश्व संस्कृत दिवसका रूपमा मनाउन थालिएको हो । यस अवसरमा विभिन्न गुरुकुलमा पनि कार्यक्रम गरिने जनाइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ६ : ३५ बजे

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला