दीगो लक्ष्य हासिल गर्न ऋण लिँदा डराउनु पर्दैनः अर्थमन्त्री खतिवडा | Khabarhub Khabarhub

दीगो लक्ष्य हासिल गर्न ऋण लिँदा डराउनु पर्दैनः अर्थमन्त्री खतिवडा


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्न ऋण लिएर भएपनि बार्षिक बजेटको आकार बढाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले दिगो विकासको लक्ष्य हासिल गर्न कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत भन्दा धेरै लगानी गर्नुपर्ने भएकाले पनि ऋण लिएर भएपनि बार्षिक बजेटको आकार बढाउनुपर्ने बताएका हुन् ।

वैदेशिक सहायतामा अनुदानको भन्दा ऋणको अंश बढ्दै गएका कारण पनि दिगो विकास लक्ष्य हासिल गर्न ऋण लिनुपर्ने बाध्यता भएको उनले स्पष्ट पारे । सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न सुरुका दिनमा कुल गार्हस्थ उत्पादनको ५५ प्रतिशत सम्म लगानी आवश्यक पर्ने भन्दै उनले ऋण तिर्ने क्षमता विकास गर्दै राष्ट्रिय प्राथमिकताको क्षेत्रमा उपयोग गर्नुपर्ने बताए ।

सरकारले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्य लिएको छ । त्यसका लागि बार्षिक औसतमा २० खर्ब २५ अर्ब रुपैयाँ लगानी आवश्यक रहेको अध्ययन प्रतिवेदनले नै देखाएको छ । दातृ निकाय र संस्थाहरुबाट गत आर्थिक बर्ष करिब १ अर्व ६२ करोड २८ लाख अमेरिकी डलर सहायता परिचालन भएको छ ।

वैदेशिक सहायतामा ऋण ५० दशमलव ५ प्रतिशत, अनुदान ३७ दशमलव १ प्रतिशत र प्राविधिक सहायताको अंश १४ दशमलव ४ प्रतिशत रहेको छ । यसबाट पनि दातृ निकाय र संस्थाले सहायता परिचालनमा अनुदानको भन्दा ऋण अंश बढाउदै लगेको देख्न सकिन्छ । अर्थमन्त्री खतिवडाले मुलुकको ऋण लिने र तिर्ने क्षमता बढ्दै गएको पनि बताउ ।

उनले १० बर्ष अगाडि राजश्व कुल गार्हस्थ उत्पादनको १२ प्रतिशत रहेकोमा अहिले २५ प्रतिशत भन्दा बढी रहेको उल्लेख गर्दै ऋणको पासोमा नपरोस् भन्ने चिन्ता भएपनि विकास गर्न ऋण लिन डराउन नहुने बताए । सरकारले आगामि आर्थिक बर्षमा दातृ निकाय र संस्थाहरुलाई करिब ६६ अर्ब ऋण तिर्ने घोेषणा गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ६ : ५० बजे

साना विमानस्थलमा इजरायली आक्रमण, ५० करोड डलरको क्षति

एजेनसी– यमनको हुथी नियन्त्रित राजधानी सानामा रहेको विमानस्थलमा इजरायलले गरेको

नीति, कार्यक्रममा महाकाली कोरिडोर समावेश गर्न माग

काठमाडौं– भारत र चीनलाई जोड्ने महाकाली कोरिडोरलाई आगामी वर्षको नीति

‘लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटो’  

विराटनगर– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र

‘ओलीलाई गाली गर्नेहरूको भविष्य अन्धकार हुन्छ’

यो किताब (करुणा) मैले किन लेखेँ ? सबै कुरामाथि सफलता

‘बजारको माग अनुसार सिपयुक्त जनशक्ति भएन भने त्यसलाई रोजगारसँग जोड्न सकिँदैन’

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीको विकल्प