हैटीमा राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन « Khabarhub

हैटीमा राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यारिबियन क्षेत्रको सबैभन्दा गरिब मुलुक हैटीमा राष्ट्रपतिको राजीनामाको माग गर्दै विपक्षी कार्यकताहरुले चर्को विरोध प्रदर्शन गरेका छन् । विपक्षी प्रदर्शनकारीले राष्ट्रपति जेभोनल मोइस भ्रष्टाचार र अनियमिततामा संलग्न भएको भन्दै प्रदर्शन गरेका हुन् ।

विगत एक सातायता जारी प्रदर्शनमा ४ जनाको ज्यान गइसकेको छ भने अरु दर्जनौं घाइते भएका छन् । प्रदर्शन राजधानी पोर्ट औ प्रिन्ससहित मुलुकका विभिन्न भागमा फैलिएको जनाइएको छ ।

प्रदर्शन चर्किँदै जाँदा आगामी महिना विभिन्न शहरमा हुने तय भएका कार्निभल फेष्टिभल समेत रद्द गरिएका छन् । सन् २०१७ यता राष्ट्रपतिको जिम्मेवारीमा रहेका मोइस र उनका मन्त्रीहरुले मुलुकको ढुकुटीमा रहेको सम्पत्ती हिनामिना गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ६ : ४३ बजे

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको