लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने | Khabarhub Khabarhub

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो ।

सौर्य ऊर्जा उत्पादनका निम्ति प्रारम्भिक काम सुरु भइसकेको छ । हाल कन्सलटेन्टसँग सम्झौताको तयारी भएको र आगामी पुस मसान्तसम्म सबै काम सम्पन्न गरी विद्युत् उत्पादन गरिने आयोजना प्रमुख प्रकाश साउदले बताए । उत्पादित सौर्य ऊर्जालाई मध्य मर्स्याङ्दी मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सौर्य ऊर्जाबाट उत्पादित दुई मेगावाट डिसी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिँदा १ दशमलव ६ मेगावाट हुने आयोजनाले जनाएको छ । सौर्य ऊर्जाबाट विद्युत् उत्पादन भएसँगै जिल्लाबासी र राष्ट्रिय विद्युत् वितरणमै ठूलो राहत पुग्ने आयोजनाको विश्वास छ ।

सौर्य विद्युत् उत्पादनका निम्ति जर्मन सरकारले जर्मनी बैंक केफए डब्लूमार्फत नेपाल विद्युत् प्राधिकरणलाई आर्थिक सहयोग गर्ने भएको हो । हाल विद्युत् उत्पादन हुँदै आएको ७० मेगावाट मध्य मर्स्याङ्दी जलविद्युत् आयोजना पनि जर्मन सरकारकै सहयोगमा निर्माण भएको हो ।

बेसीसहर नगरपालिका–११ अन्तर्गत मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको स्वामित्वमा रहेको जग्गामा सोलार प्लेट राखी ऊर्जा उत्पादन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

सौर्य ऊर्जा उत्पादनका लागि जलविद्युत् आयोजनाको स्वामित्वमा रहेको १८ हजार दुई सय १३ वर्ग किलोमिटर जमिन प्रयोगमा ल्याइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १ : २२ बजे

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने