इजरायली कारवाहीमा यो वर्षमात्रै ३७ प्यालेस्टाइनी बालबालिकाको मृत्यु « Khabarhub

इजरायली कारवाहीमा यो वर्षमात्रै ३७ प्यालेस्टाइनी बालबालिकाको मृत्यु


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायल अधिनस्थ प्यालेस्टाइनी क्षेत्रमा पछिल्ला भएका हिंसात्मक घटनाहरुमा यस वर्षको शुरुदेखि हालसम्म ३७ प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख उच्चायुक्त मिशेल बाचेलेटले एक विज्ञप्ति जारी गर्दै हिंसात्मक घटनामा प्यालस्टाइनी बालबालिकाको मृत्यु भएको बताएकी छिन् ।

‘द्वन्द्वको क्रममा कोही पनि बालबालिकालाई चोट पुग्ने विषय चिन्ताजनक रहेको र यसवर्ष धेरै बालबालिकाको हत्या एवम् अङ्गभङ्ग समेत पारिएको घटना अव्यावहारिक हो,’ ब्याचेलेटलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

गत हप्ता मात्रै इजरायल अधिनस्थ प्यालेस्टाइनमा १९ प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको थियो । यस वर्षको सुरुदेखि हालसम्म बालबालिकाको मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

गत साताको अन्त्यमा इजरायली सेनाले गाजामा गरेको आक्रमणमा १७ जना बालबालिकाको मृत्यु भएको थियो । मङ्गलबार अधिनस्थ वेस्ट बैंकमा इजरायली कारवाहीमा थप दुई बालबालिका मारिएका अल जजीराले जानकारी दिएको छ । प्यालेस्टाइनकै गाजामा इजरायली आक्रमणमा भारी सङ्ख्या सर्वसाधारण माएिका छन् ।

शुक्रबारदेखि आइतबारसम्मको तीन दिनको आक्रमणमा मारिएका ४८ प्यालेस्टाइनीहरूमध्ये कम्तीमा २२ जना सर्वसाधारण रहेका र ती मध्ये १७ बालबालिका र चार महिला भएका संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले पुष्टि गरेको छ ।

इजरायली आक्रमणमा १५१ बालबालिका, ५८ महिला र १९ वृद्धवृद्धासहित सर्वसाधारण नागरिक घाइते भएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ४ : ३७ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स