सुक्खा पहिरो खस्दा हेलम्बुको ११ घर उच्च जोखिममा « Khabarhub

सुक्खा पहिरो खस्दा हेलम्बुको ११ घर उच्च जोखिममा


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

 सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेको छ ।

पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घरहरु पनि जोखिममा छन् । उर्लेनीको बिसौनीबाट साप्रे जाने बाटोमा पाँच सय मिटर जति लामो पहिरो खसेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।

अहिले तत्कालका लागि विस्थापितहरूलाई १० वटा पाल गाउँपालिकाले उपलब्ध गराएको छ । पहिरो गएपछि सो स्थानको अवलोकनका लागि जिल्लाका तीन वटै सुरक्षा निकायको टोली पुगेको छ ।

पहिरोले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको सीमामा रहेको तालामाराङ खोला थुनिन सक्ने जोखिम देखिएपछि तालामाराङ बजार क्षेत्रमा रहेका स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ७ : ४० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका