रक्षाबन्धन र लाखे नाचको रौनक [फोटोफिचर] « Khabarhub

रक्षाबन्धन र लाखे नाचको रौनक [फोटोफिचर]


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा र गाईजात्रा यस वर्ष पनि काठमाडौँमा मनाइएको छ । यद्यपी शनिबार पनि गाइजात्रा मनाइने परम्परा छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधेका छन् । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा काठमाडौँको बसन्तपुरमा घुइँचो छ ।

जहाँ रक्षाबन्धन बाध्ने र गाईजात्राको अवसरमा लाखे नाच नाच्ने चलन छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धन मनाउने गरिन्छ ।

बसन्तपुरमा रक्षाबन्धनमा स–साना केटाकेटीदेखि युवा, वयस्क र बुढाबुढीसम्म थिए । कोही रक्षाबन्धनका लागि डोरी किन्दै, कोही डोरी बाध्दै अनि कोही लाखे नाच नाचिरहेका थिए । बसन्तपुर शुक्रबार दिनभरजसो व्यस्त र भीडभाडमय बन्यो ।

यस्तै बसन्तपुरमा गाईजात्राको दिन लाखे नाच्ने र आफन्तको नाममा फोटो देखाउँदै गाईजात्रामा सहभागी हुनेको संख्या पनि बढ्दो थियो ।

फोटो : सरोज रञ्जित

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ७ : ५९ बजे

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी– घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन

डाक्टरको प्रश्न- भारतबाट चिनी आएन, भाउ बढ्ने भो भनेर चिन्ता गर्ने की खान कम गर्ने ?    

करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु

सभामुखले तीन पटक नाम बोलाउँदा पनि गयल भए रास्वपा सांसद कार्की

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद