कोइराला समूहको छुट्टै बैठक बस्ने « Khabarhub

कोइराला समूहको छुट्टै बैठक बस्ने


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी निर्णय गरिरहेको भन्दै कोइराला समूह छुट्टै बैठक बस्न लागेको हो।

देउवाले पार्टीभित्र कुनै सल्लाह नगरेर अघि बढेको भन्दै कोइराला समूहले आज दिउँसो बैठक बोलाएको छ । बैठकमा देउवाविरुद्धको रणनीति तय गर्ने तयारी छ । बैठकमा आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यलाई बोलाइएको कोइराला निकट एक नेताले जानकारी दिएका छन् ।

देउवाले नेविसंघ, महिला संघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति महासंघमा नयाँ नेतृत्व चयन गर्दा आफ्नो समूहलाई नसमेटेको भन्दै कोइराला पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

चुनावी रणनीतिका सन्दर्भमा पनि कोइराला समूहको बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ८ : ५५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु