बालेनलाई योगेशको सुझाव : फोहर उठाउन सरकारको हुती छैन, एमालेसँग आउनुस् « Khabarhub

बालेनलाई योगेशको सुझाव : फोहर उठाउन सरकारको हुती छैन, एमालेसँग आउनुस्


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँको फोहर उठाउन सरकारको हुती नभएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा भट्टराईले काठमाडौँमा फोहर नउठेको ७१ दिन हुँदा पनि प्रधानमन्त्रीले कुनै पहल नगरको र मन्त्रीहरू बेखबर रहेको भन्दै फोहर उठाउन सरकारको हुती नभएको बताएका हुन्।

उनले काठमाडौँमा फोहर नउठ्दा हैजा र झाडापखालाको महामारीको खतराका साथै उपत्यकाको सौन्दर्य नै गुम्ने खतरा भएकाले फोहर व्यवस्थापनको ठोस प्रस्ताव लिएर आउन काठमाडौँका मेयर बालेन्द्र शाहलाई सुझाव दिए। वर्तमान सरकारको भरपरे काठमाडौँका मेयर शाह असफल हुने उनको भनाइ छ ।

भट्टराईले एमालेसँग भिजन र दृष्टिकोण रहेकाले काठमाडौँका मेयरलाई सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १२ : ३५ बजे

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र