विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा | Khabarhub Khabarhub

विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका छन् । आइतबार उनले एक विज्ञप्ति जारी गर्दै पार्टी स्थापनाको मर्मअनुरूप राष्ट्रिय भेलामार्फत विवेकशील साझा पार्टी पुनर्गठन गर्ने घोषणा गरेका हुन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएपछि नेतृत्व खाली थियो । लामो समयसम्म पार्टीको अध्यक्ष खाली भएपछि मिश्रले आफ्नै नेतृत्वमा पार्टी निर्वाचन आयोगमा दर्ता गर्न आग्रह गरेको चार दिनपछि नेता पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका हुन् ।

‘विवेकशील साझा पार्टीमा विचार भन्दा माथि देश दस्ताबेज आए लगत्तै उक्त दस्ताबेज संविधान विरोधी, वैकल्पिक राजनीतिको मर्म विरोधी, युवा तथा परिवर्तन विरोधी र समग्रमा राष्ट्र विरोधी संकथन हो भनेर हामीले भनेकै हो। पार्टी स्थापनाको मर्म विपरित ल्याइएको उक्त दस्ताबेजले आम नागरिकको वैकल्पिक राजनीतिप्रतिको आशामाथि बेइमानी थियो। यसको हिसाबकिताब इतिहासले राख्नेछ,’ उनले भनेका छन्, ‘तर, आजै हामीले दिनुपर्ने एउटा प्रश्न अनुत्तरित छ। के हाम्रो पार्टीको स्थापना ‘राजतन्त्र’ ब्युँताउन भएको थियो ? पार्टी स्थापनाको एक दशकसम्मको सदस्यहरूको मिहेनत राजतन्त्रको पक्षपोषणका लागि थियो रु नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्न भनेर थियो ? व्यवस्था र संविधान भत्काउन भनेर थियो ? पक्कै थिएन। त्यसैले वैकल्पिक राजनीति माथिको यो घातलाई अब हामीले पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प रहेन।’

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १२ : ५३ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा