फिलिपिन्समा कोरोनाले एकै दिन ४८ जनाको मृत्यु « Khabarhub

फिलिपिन्समा कोरोनाले एकै दिन ४८ जनाको मृत्यु


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला – फिलिपिन्समा पनि पछिल्लो समयमा कोभिड १९ को सङ्क्रमण बढेको छ । सो सङ्क्रमणमा परेर शनिबार मात्र कम्तीमा पनि ४८ जनाको ज्यान गएको फिलिपिन्सका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

उनका अनुसार यहाँ शनिबार मात्र चार हजार छ सय ७९ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३८ लाख २७ हजार भन्दा बढीमा यो सङ्क्रमण देखिएको छ ।

यहाँको स्वास्थ्य विभागले पछिल्लो पटक सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि बढेको अर्थात ४० हजार भन्दा बढीमा सक्रिय सङ्क्रमित रहेका जनाएको छ ।

गत जनवरी १५ मा ३९ हजार चार जनामा कोभिडको सङ्क्रमण देखिएको थियो । एकै दिनमा भएको कोरोना सङ्क्रमण सबैभन्दा धेरै सङ्ख्या हो । फिलिपिन्समा कोरोना शुरुभएबाट हालसम्म यस सङ्क्रमणबाट ६० हजार ९९२ जनाको मृत्यु भ्एको छ ।

यसैबीच मलेसियामा शनिबार रातिसम्म थप चार हजार तीन सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। सङ्क्रमणको कारण १० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कम्तीमा पनि ३६ हजार जनाको निधन भएको छ । त्यसैगरी सो यहाँ अहिलेसम्म ४७ लाख ३२ हजार भन्दा बढीमा सो सङ्क्रमण पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल यहाँ ४४ हजार छ सय १७ जना सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये ६८ जनाको सघन उपचार केन्द्रमाा उपचार भइरहेको समाचारमा जनाइएको छ ।

पछिल्लो समय भेटिएका यी सङ्क्रमितहरू प्रायः सबैजसो देशभित्रैका रहेका बताइएको छ । मलेसियाली सरकारले कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखेर लगाउने गरेकाले यहाँका सङ्क्रमतिहरुमा मृत्युदर भने निकै कम रहेको पनि बताइएको छ ।

यसैबीच पाकिस्तानमा शनिबार पाँच सय ८१ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका र चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार नयाँ सङक्रमणसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या १५ लाख ६२ हजार आठ सय ८८ पुगेको छ ।

पाकिस्तानमा कोभिड–१९ शुरुभएबाट हालसम्म सङ्क्रमणबाट ३० हजार पाँच सय २७ जनाको मृत्यु भएको छ । हाल यहाँ एक सय ७८ जना विरामीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १ : ०४ बजे

सरकारका प्रवक्ताको जवाफ : सुकुम्बासी बस्ती हटाउने निर्णय भएको छैन

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुम्बासी हटाउने तयारी गरिरहेका

चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति चिकित्सक संघको आपत्तिे

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि भएको दुर्व्यवहार, धम्की

खानेपानी परियोजनालाई एडीबीबाट ऋण लिन वार्ता टोली गठन गरिने

काठमाडौं – सरकारले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि

बलुचिस्तानमा आक्रमण, नौ जनाको मृत्यु, एक विदेशी कामदार अपहरण

इस्लामावाद – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको एक अन्वेषण तथा

सरकारी विज्ञापन निर्णयविरुद्ध पत्रकार महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं– नेपाल पत्रकार महासंघले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई