महानगर प्रहरीको हर्कत : दादागिरी शैलीबाट फुटपाथ सामान जफत « Khabarhub

महानगर प्रहरीको हर्कत : दादागिरी शैलीबाट फुटपाथ सामान जफत


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगर प्रहरीले फुटपाथ महिला व्यवसायीहरू माथि दादागिरी गरेको छ । राजधानीको सुनधारा, रत्नपार्क धरहरा आसपासका क्षेत्रमा फुटपाथ व्यापार गरिरहेका महिलाहरूको सामान दादागिरी शैलीमा जफत गरेको हो।

आइतबार रत्नपार्क नजिकैको एउटा आकाशे पुलको छेउमा केही फेन्सी तथा खुद्रा  सामानको व्यापार गर्न बसेका केही महिलाहरू माथि नगर प्रहरीले दुर्व्यवहार गर्नुका साथै सामान तितरबितर पारिदिएको छ ।

यसरी फुटपाथमा सामान बेच्न नपाए जीविकोपार्जन गर्न हम्मे हम्मे हुने र परिवारका लागि एक छाक टार्न समेत कठिनाइ हुने ती व्यावसायिक महिलाहरूले गुनासो गरिन् ।

‘हामीले सरकारको भाग खोसेका छैनौ,चोरी गरेका छैनौँ एउटा सानो  ठाउँ ओगटेर मात्र आफ्नो जीविकोपार्जन गर्न व्यवसाय गर्दा हामी माथि यत्रो अन्याय’ एक महिलाले भनिन् ।

यता काठमाडौँ महानगरपालिकाले जनशक्ति थप गरेर नियन्त्रण गर्नुबाहेक अरू विकल्प नभएको बताएको छ भने महानगरको उक्त हर्कतपछि फुटपाथे व्यवसायी भने आक्रोशित छन्।

महानगरले भने तत्काल फुटपाथ व्यवसायीहरुका लागी कुनै निश्चित समय वा ठाउँ दिने अवस्था नरहेको र फुटपाथ व्यवसाय व्यवस्थित गर्न नियन्त्रण गर्ने बाहेक अरू विकल्प नभएको जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ५ : २३ बजे

गोली चलाउन आदेश दिने रिजाल छुट्दा ओली र लेखक किन हिरासतमा ?

काठमाडौं– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको हत्याको

संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क ज्ञानेन्द्रले सम्बोधन गर्ने

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चयन भएको प्रतिनिधि सभाको पहिलो

निवृत्तभरण योजना सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा योगदानमा आधारित निवृत्तभरण योजना सम्बन्धी वृहत छलफल

गैरकानुनी रुपमा रोकेको २२ अर्बको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ

एमाले संसदीय दलको नेतामा बादल सर्वसम्मत (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादल प्रतिनिधि सभा संसदीय