प्रधानमन्त्रीसँग मुक्त कमलरीका समस्या समाधान गर्न माग « Khabarhub

प्रधानमन्त्रीसँग मुक्त कमलरीका समस्या समाधान गर्न माग


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल सरकार र कमलरीबीच भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न माग गरिएको छ ।

मुक्त कमलरी विकास मञ्चको अग्रसरतामा गएको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेटेर कमलरीका समस्या सम्बोधन गर्न आग्रह गरेको मञ्चका संस्थापक अध्यक्ष मन्जिता चौधरीले जानकारी दिए ।

सङ्घीय सांसद शान्ता चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले तत्काल मुक्त कमलरी बस्दै आएको छात्राबासमा यसअघि सरकारले गर्दै आएको खान बस्नको प्रबन्धलाई नियमितता दिन र कमलरीका लागि स्नातक तहको छात्रवृत्ति कटौती नगर्न आग्रह गरेको हो ।

यसबाहेक मुक्त कमलरीको पुनःस्थापनलगायत विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको संस्थापक अध्यक्ष चौधरीले बताए। सो अवसरमा प्रधानमन्त्री देउवाले उपरोक्त समस्या समाधानका लागि तत्काल मातहतका निकायलाई निर्देशन दिने आश्वस्त पारेका थिए । सरकार र कमलरीबीच समस्या समाधानका लागि २०७४ साल जेठ २४ गते १० बुँदे सम्झौता भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : १४ बजे

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ ।

करिब एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल- लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा उपचाररत एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, एकै रातमा १२२ जना पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा