पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ « Khabarhub

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई आकर्षित र विकास गर्ने गरी सरकारले काम गरिरहेको बताए।

मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई पुनः उत्थान गर्नका लागि सरकारले कार्य योजना बनाएर त्यसको कार्यान्वयनका लागि अगाडि बढाएको बताए। मन्त्री श्रेष्ठले आन्तरिक पर्यटनलाई बढवा दिँदै बाह्य पर्यटन भित्राउनका लागि सम्बन्धित संस्थासँग सहकार्य गर्दै अघि बढिने जानकारी दिए।

त्यस्तै उनले अहिले आरोहणमा नरहेका पाँच हजार आठ सय मिटर उचाइदेखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहण अनुमति दिनका लागि मन्त्रालयले योजना अगाडि बढाएको बताए।

टानको वार्षिक साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १२ : ३८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार