पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ « Khabarhub

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई आकर्षित र विकास गर्ने गरी सरकारले काम गरिरहेको बताए।

मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई पुनः उत्थान गर्नका लागि सरकारले कार्य योजना बनाएर त्यसको कार्यान्वयनका लागि अगाडि बढाएको बताए। मन्त्री श्रेष्ठले आन्तरिक पर्यटनलाई बढवा दिँदै बाह्य पर्यटन भित्राउनका लागि सम्बन्धित संस्थासँग सहकार्य गर्दै अघि बढिने जानकारी दिए।

त्यस्तै उनले अहिले आरोहणमा नरहेका पाँच हजार आठ सय मिटर उचाइदेखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहण अनुमति दिनका लागि मन्त्रालयले योजना अगाडि बढाएको बताए।

टानको वार्षिक साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १२ : ३८ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको