‘मिस यूनिभर्स नेपाल’ मा २० सुन्दरी « Khabarhub

‘मिस यूनिभर्स नेपाल’ मा २० सुन्दरी


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अगष्टको २५ तारिखमा काठमाडौँमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’ का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरूले प्रतिस्पर्धा गर्ने भएका छन् ।

‘मिस यूनिभर्स नेपाल’मा विपना अधिकारी, दीक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टि हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टी तामाङ्ग, मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना क्षेत्री, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रुप्सी श्रेष्ठ, प्रतिभा महर्जन र आश्मा केसी सहभागी छन् ।

उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन् ।यस वर्षको ‘मिस यूनिभर्स नेपाल’को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने निर्देशक नग्मा श्रेष्ठले जानकारी दिइन् ।

यस्तै, विजेताले ७१ औँ श्रृङ्खलाको ‘मिस यूनिभर्स’मा समेत भाग लिन पाउनेछन् ।

निर्देशक नग्मा श्रेष्ठले आउँदो वर्षदेखि भने यो प्रतियोगितामा विवाहित, गर्भवती र आमा भइसकेका तथा सम्बन्ध विच्छेद गरेका महिलाहरूले समेत सहभागिता जनाउन पाउने बताइन् ।

‘मैले सधैँ नै मिस यूनिभर्सलाई मन पराउनुको एउटै कारण भनेको यसमा लागु हुने समावेशिता हो । आउँदो वर्षदेखि लागू हुने गरी गरिएको परिवर्तन साहसी, सशक्त र सुन्दर नेपाली महिलाहरूका लागि लागु हुनेमा विश्वास लिएकी छु,’ उनले भनिन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १२ : ५१ बजे

लुटपाटमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

‍‍‍ललितपुर– सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-२० कुहेनी

निर्जीवन बिमा : ९ महिनामा ३७ अर्बको व्यवसाय, शिखर सबैभन्दा अगाडि

काठमाडौं– निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिना अर्थात्

बच्चालाई नागरिकता दिलाउन नर्कजस्तो देशबाट नौ महिने गर्भवती अमेरिका आउँछन् : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट गर्भवती महिलाहरु बच्चा

भृकुटीमण्डपमा फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न अनुरोध

वीरगञ्ज– वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको भवन