सांसदले ‘बंक’ हानेपछि सभामुख सापकोटा आक्रोशित « Khabarhub

सांसदले ‘बंक’ हानेपछि सभामुख सापकोटा आक्रोशित


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पास गर्ने बेलामा संसद् बैठकमा सांसदहरू नबसेकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

संघीय संसद् सचिवालयमा सोमबार आयोजित ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समिति: अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभामुख सापकोटाले विधेयक पास गर्ने बेलामा सांसदहरूको अनुपस्थितिप्रति आक्रोश व्यक्त गरेका हुन् ।

पछिल्लो समय विधेयक पास गर्ने क्रममा गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभा बैठक स्थगित गर्नुपरेको छ । आइतबार नै गणपूरक संख्या नपुगेर दुई पटक प्रतिनिधिसभा बैठक स्थगित गर्नुपरेको थियो ।

संसद्लाई जनतामा जोड्न निकै मिहेनत गर्नुपरेको स्मरण गराउँदै उनले तर, बैठकमा सांसद अनुपस्थित हुँदा विधेयक पारित गर्न समस्या भइरहेको बताए ।

संसद्को गतिविधिलाई जनताले नियालिरहेको भन्दै उनले बैठकमा उपस्थित हुन पटक पटक घण्टी बजाउँदा पनि गणपूरक संख्या नपुगेर विधेयक पास गर्न नसकिएको बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ४ : ५१ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको