तीव्र गतिमा सवारी चलाउनुहुन्छ, ख्याल गर्नुस्–९४० चालक कारवाहीमा परे « Khabarhub

तीव्र गतिमा सवारी चलाउनुहुन्छ, ख्याल गर्नुस्–९४० चालक कारवाहीमा परे


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई कारवाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारवाही गरेको हो । महाशाखाले यही जेठ २८ देखि उक्त नियम लागू गरेर कारवाही गर्दै आएको छ ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै दुर्घटना नियन्त्रणका लागि समय तोकिएको जानकारी दिए ।

“कलङ्कीदेखि कोटेश्वरसम्म र भक्तपुर सडकखण्डमा ५० भन्दा बढी स्पिड चलाउने सवारी साधनलाई कारवाही गर्दै आएका छौँ”, उनले भने ।

चालू आर्थिक वर्षमा मात्र उपत्यकामा २३० व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । जसमा अधिकांश मोटरसाइकल चालक रहेको महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख तथा काठमाडौँ उपत्यकामा नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ९ : ३५ बजे

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि

भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढी नारायणी नदी हुँदै देवघाट