पार्टीको गठबन्धन गर्ने निर्णय लिने अधिकार अध्यक्ष लिङ्देनलाई | Khabarhub Khabarhub

पार्टीको गठबन्धन गर्ने निर्णय लिने अधिकार अध्यक्ष लिङ्देनलाई


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल र गठबन्धन गर्ने निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल र गठबन्धन गर्ने निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकले लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको उनले बताए ।

साथै चुनावी घोषणापत्र बनाउन प्रा.डा. गीताभक्त जोशीको संयोजकत्वमा सगुन सुन्दर लावती, रमानन्द न्यौपाने, प्रा.जयन्तनाथ खनाल र हेमराज कार्की सदस्य रहेको मस्यौदा समिति गठन गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ६ : १९ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते