नगर सभाबाट केही दिनमै बजेट सार्वजनिक हुन्छ : नगरप्रमुख चलाउने « Khabarhub

नगर सभाबाट केही दिनमै बजेट सार्वजनिक हुन्छ : नगरप्रमुख चलाउने


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले नगर सभाबाट केही दिनमै बजेट सार्वजनिक गर्ने बताएकी छन् ।

नगरपालिकामा विभिन्न घटना प्रकरणका कारण ढिलाइ हुन पुगेको नगर सभा अब केही दिन भित्रै सञ्चालन गरी नगरपालिकाको बजेट सार्वजनिक गर्ने तयारी भएको बताएकी हुन्।

अन्तरसरकारी वित्त ऐन ०७४ अनुसार संघीय सरकारले १५ जेठ र स्थानीय तहहरूले १० असारभित्रै बजेट प्रस्तुत गरिसक्नु पर्छ । ऐनअनुसार अछामका १० स्थानीय तहमध्ये नौ वटाले बजेट सार्वजनिक गरे पनि पञ्चदेवल नगरपालिकाको नगर सभा समेत हुन सकेको छैन ।

नगरपालिका वडा नम्बर ४ कालिकास्थानका १५ वर्षीय किशोर विनोद शाहीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै माग गर्दै करिब एक महिना जति नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुका साथै नगर प्रमुख चलाउनेलाई हत्या आरोप लगाएका थिए । बजेटको विषयमा कुनै विवाद नभए पनि पन्चदेवल विनायक घट्नाका कारण बजेट निर्माण ढिलाइ भएको उनको भनाई छ   ।

भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावमा पराजय भोगेका प्रतिपक्ष दलहरूले किशोर मृत्यु प्रकरणलाई राजनीतिक मुद्दा बनाई नगरपालिकाको कामकाज समेत ठप्प राखेका थिए ।सोही घटनाका कारण नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को करिब ५० प्रतिशत बजेट फ्रिज गएको छ ।

उक्त घट्नाका विषयमा आन्दोलनरत पक्षसँगै केही सम्झौता भएपछि अब बजेट निर्माणको प्रक्रिया अघि बढेको मेयर चलाउनेले बताइन् । बजेट निर्माण पक्रियाको लागि सम्पूर्ण विषयगत शाखाले तयारी गरिरहेको समेत नगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ६ : ३६ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय