अकबरे खुर्सानीमा आत्मनिर्भर घाम्राङ | Khabarhub Khabarhub

अकबरे खुर्सानीमा आत्मनिर्भर घाम्राङ


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको उत्तर पश्चिम क्षेत्रमा पर्ने क्व्होलासोंथर गाउँपालिका-८ को घाम्राङ गाउँ अकबरे खुर्सानीका लागि आत्मनिर्भर छ ।

सामाजिक अगुवा गमप्रसाद गुरुङको जन्मथलो रहेको घाम्राङ गाउँमा उनले पछिल्ला १० वर्षदेखि हिमालय हर्ब सेन्टर फार्म नै दर्ता गरेर मार्फत यस्ता विभिन्न काम गर्दै आएका हुन् ।

पूर्वशिक्षकसमेत रहेका ५० वर्षीय गुरुङका अनुसार उनी सानो हुँदा घाम्राङ गाउँमा खुर्सानी फल्दैन भन्ने मान्यता थियो र खुर्सानी कसैले लगाउँदैनथे। ‘गाउँका केहीले बजारबाट किनेर र केहीले मागेरै काम चलाइएको अवस्था थियो’, उनले भने ।

पछिल्लो चार वर्षको बीचमा छिमेकी मपिङ गाउँ पनि त्यही अभ्यासमा छ । घाम्राङ गाउँमा ६५ घर परिवार बसोबास गर्दछन् भने मपिङमा ४० घरपरिवार बस्दै आएका गुरुङले बताए । उनका अनुसार गाउँमा ‘मोही माग्नेलाई दिनु, खुर्सानी माग्नेलाई नदिनु’ भन्ने नारा र अभियान नै चलाइएको छ । अकबरे खुर्सानीमा गाउँलाई आत्म निर्भर बनाउने सपना गुरुङले चार वर्षअघि देखेका थिए ।

पहिलो वर्ष उनले आफ्नै बारीमा त्यसको परीक्षण शुरु गरेका थिए । अहिले घाम्राङ गाउँका १० घरपरिवारले अकबरे खुर्सानीको व्यावसायिक उत्पादन थालेका छन् भने अन्य सबै घरले आफ्नो परिवारलाई पुग्ने गरी अकबरेको खेती गर्न थालेको गुरुङले बताए ।

चार प्रकारको अर्गानिक मल उत्पादन प्रविधिबारे गाउँलेलाई सिकाइएको अकबरे खुर्सानीका व्यावसायिक खेती गरिरहेका अर्का किसान कमलप्रसाद गुरुङले बताए । उनका अनुसार अहिले घाम्राङ र मपिङ गाउँमात्र हैन आसपासका चरागाउँ, पसगाउँ, मालिङ, भोजे गाउँमा पनि अकबरे खुर्सानीको व्यावसायिक उत्पादन हुन थालेको छ।

-न्युजकारखानाबाट

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ९ : १० बजे

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी– धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको

फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ बालेनको युट्युब च्यानलबाट सार्वजनिक

काठमाडौं – अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशनमा बनको फिल्म ‘झरीपछिको

कञ्चनपुरको कृष्णपुरमा ‘कोल्डस्टोरेज’ निर्माण प्रक्रिया अगाडि बढाइँदै

कञ्चनपुर– कृष्णपुर नगरपालिकाका किसानलाई तरकारी तथा कृषिजन्य वस्तु भण्डारणमा सहजता

दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग

काठमाडौं– कला सिर्जनाका माध्यममध्ये महत्त्वपूर्ण र सुरुआती माध्यम जलरङ हो

दिनेशले सके फिल्म ‘कुमारी’को छायाङ्कन

काठमाडौं– निर्देशक दिनेश राउतले फिल्म ‘कुमारी’को छायाङ्कन सकेका छन् ।