बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | Khabarhub Khabarhub

बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोपयुक्त पालिका भएपछि जिल्ला खोप समन्वय समितिले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छ ।

स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ सोमबार औपचारिक रुपमा जिल्लाका १६ महिनादेखि २३ महिनाका बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि वडा र पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । जिल्लाका सबै स्थानीय तहहरुमा ती उमेर समूहका बालबालिकाको सर्वेक्षण गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि जिल्लालाई पूर्ण खोप घोषणा गरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त जनस्वास्थ्य अधिकृत महेश चन्दले जानकारी दिए ।

जिल्लामा जन्मेदेखि १५ महिनाका तीन हजार पाँच सय ६६ बालबालिका रहेको तथ्याङ्क ६ भने खोप कार्ड भएका तीन हजा पाँच सय २२ बालबालिका छन् । सर्वेक्षणमा छुटेका बालबालिकालाई अगामी वैशाख महिनामा खोप लगाउने योजना रहेको उनले बताए । बाजुरालाई सुदूरपश्चिम प्रदेश ९औँ र देशभरका जिल्लामा २२औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको अधिकृत चन्दको भनाइ छ ।

खोप पाउनबाट छुटेका बालबालिकाको सर्वेक्षण गर्दा कुनै पनि प्रकारका खोप नपाएका जिल्लामा चार बालिबालिका छन्। खोप घोषणा कार्यक्रममा कुनै न कुनै खोप नपाएका ११ बाबालिका रहेका छन् । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणामा १६ देखि २३ महिनाका दुई हजार दुई सय ४१ बालबालिका छन् । तीमध्ये दुई हजार एक सय ६८ बालबालिकाले खोप पाएका छन् भने ७३ बालबालिकाले खोप पाएका छैनन् । घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख एवं खोप समन्वय समितिका संयोजक तुलसीराम रोकायाले खोपलाई प्रभावकारी बनाउन र बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन सबैले हातेमालो गर्नुपर्ने बताए ।

जिल्ला भर पुनःसर्वेक्षण गरेर खोप लगाउन छुटेका बालबालिकालाई फेरि खोप लगाउने कार्यक्रम तय गर्ने पनि उनको भनाइ छ। खोप पाउनबाट वञ्चित भएकाक बुढीगङ्गामा तीन बालबालिका र बडीमालिका नगरपालिकामा ११ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। घोषणा कार्यक्रममा प्रत्येक वर्ष खोपलाई निरन्तरता दिने र यसलाई पालिकामा गुणस्तरीय रुपमा अझै अगाडि बढाउने बडीमालिका नगरप्रमुख अमरबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : ४६ बजे

‘सुनमा करको दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनमा करको

इरानले इजरायलमाथि दिउँसै गर्‍यो अहिलेसम्मकै लामो आक्रमण, दक्षिणी क्षेत्रका सहरमा बिजुली बन्द

तेहरान- इजरायलसँगको लडाइँ तीव्र बन्दै गर्दा इरानले सोमबार दिउँसै ठूलो

बराहक्षेत्रको बजेट १ अर्ब बढी, कृषिलाई पर्यटनसँग जोड्ने योजना

चतरा– सुनसरीको बराहक्षेत्र नगरपालिकाले आव २०८२-८३ का लागि १ अर्ब

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन सुनचाँदी व्यवसायीको माग

काठमाडौं– सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन

उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका