बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा « Khabarhub

बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोपयुक्त पालिका भएपछि जिल्ला खोप समन्वय समितिले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छ ।

स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ सोमबार औपचारिक रुपमा जिल्लाका १६ महिनादेखि २३ महिनाका बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि वडा र पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । जिल्लाका सबै स्थानीय तहहरुमा ती उमेर समूहका बालबालिकाको सर्वेक्षण गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि जिल्लालाई पूर्ण खोप घोषणा गरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त जनस्वास्थ्य अधिकृत महेश चन्दले जानकारी दिए ।

जिल्लामा जन्मेदेखि १५ महिनाका तीन हजार पाँच सय ६६ बालबालिका रहेको तथ्याङ्क ६ भने खोप कार्ड भएका तीन हजा पाँच सय २२ बालबालिका छन् । सर्वेक्षणमा छुटेका बालबालिकालाई अगामी वैशाख महिनामा खोप लगाउने योजना रहेको उनले बताए । बाजुरालाई सुदूरपश्चिम प्रदेश ९औँ र देशभरका जिल्लामा २२औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको अधिकृत चन्दको भनाइ छ ।

खोप पाउनबाट छुटेका बालबालिकाको सर्वेक्षण गर्दा कुनै पनि प्रकारका खोप नपाएका जिल्लामा चार बालिबालिका छन्। खोप घोषणा कार्यक्रममा कुनै न कुनै खोप नपाएका ११ बाबालिका रहेका छन् । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणामा १६ देखि २३ महिनाका दुई हजार दुई सय ४१ बालबालिका छन् । तीमध्ये दुई हजार एक सय ६८ बालबालिकाले खोप पाएका छन् भने ७३ बालबालिकाले खोप पाएका छैनन् । घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख एवं खोप समन्वय समितिका संयोजक तुलसीराम रोकायाले खोपलाई प्रभावकारी बनाउन र बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन सबैले हातेमालो गर्नुपर्ने बताए ।

जिल्ला भर पुनःसर्वेक्षण गरेर खोप लगाउन छुटेका बालबालिकालाई फेरि खोप लगाउने कार्यक्रम तय गर्ने पनि उनको भनाइ छ। खोप पाउनबाट वञ्चित भएकाक बुढीगङ्गामा तीन बालबालिका र बडीमालिका नगरपालिकामा ११ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। घोषणा कार्यक्रममा प्रत्येक वर्ष खोपलाई निरन्तरता दिने र यसलाई पालिकामा गुणस्तरीय रुपमा अझै अगाडि बढाउने बडीमालिका नगरप्रमुख अमरबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : ४६ बजे

६० वर्षको उमेरमा फेरि बेहुला बन्दै आमिर खान, जुलाई ५ मा गौरी स्प्रैटसँग निजी समारोहमा विवाह

काठमाडौं– बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिर खानले आफ्नो तेस्रो विवाहको तयारीबारे

नेप्से परिसूचक आठ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

समानान्तर महाधिवेशनको तयारीमा कांग्रेसको असन्तुष्ट पक्ष, सम्पर्क कार्यालय तयार गरिँदै

काठमाडौं– कांग्रेस संस्थापन पक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने

सरकारले मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर साह

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार